काठमाडौँ-सर्वोच्च अदालतले लोकसेवा आयोगलाई सबै परीक्षार्थी सम्मिलित हुने पाउने गरी परीक्षाको व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश सपना मल्लको एकल इजलासले बिहिबार आयोगले लिने परीक्षामा सङ्क्रमितलाई पनि सामेल गराउन अन्तरिम आदेश दिएको हो ।
सङ्क्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को बुँदा ८(१ को कार्यान्वयन नगर्न नगराउनसमेत आयोगलाई दिएको आदेशमा उल्लेख गरिएको छ ।
आयोगले जारी गरेको सङ्क्रमणको विशेष व्यवस्थामा परीक्षासम्बन्धी मापदण्डमा कोभिड –१९ को सङ्क्रमणबाट सङ्क्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न नपाउने व्यवस्था गरिएको थियो ।
संङ्क्रमित परीक्षार्थीलाई पनि सुरक्षित तरिकाले परीक्षाको व्यवस्थापन गर्न माग गर्दै मानवअधिकार रक्षक सञ्जालसंँग आबद्ध शैलेन्द्रप्रसाद अम्बेडकरले रिट निवेदन दिनुभएको थियो ।
“सबै परीक्षार्थीलाई र परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने व्यक्तिले सुरक्षित तरिकाले परीक्षा लिन र परीक्षा व्यवस्थापन गर्ने वातावरण निर्माण गर्नू गराउनू”, आदेशमा भनिएको छ, “स्वघोषित सङ्क्रमित व्यक्तिलाई निजको गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्नू । ”
आदेशमा महामारीका समयमा परीक्षा सञ्चालन हुन लागेका अवस्थामा आयोगको मापदण्डले संंङ्क्रमित मात्र परीक्षा दिन वञ्चित भई उनीहरुको संविधानप्रदत्त पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाका आधारमा विभेदविरुद्धको हक, छुवाछूत तथा भेदभावविरुद्धको अधिकारको समेत उल्लङ्घन हुन जाने बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस