सोल – दक्षिण कोरियाको मेथोडिष्ट चर्चले पाष्टर ली डोङ ह्वाङलाई २ बर्षका लागि निलम्बित गरेको छ । गत बर्षको अगष्टमा एक पर्वका अवसरमा दिएको आशिर्वादको बिषयलाई लिएर चर्चले उनीमाथि कारवाही गरेको हो ।
मेथोडिष्ट चर्चको ख्योङ्गी प्रान्त शाखाको न्यायिक समितिले उनलाई निलम्बन गरेको हो । निलम्बनमा परेसँगै उनले अब कुनै पनि सार्वजनिक धार्मिक गतिविधिहरुमा सहभागिता जनाउन पाउने छैनन् । उनलाई मेथोडिष्ट चर्चका तर्फबाट आशिर्वाद दिन तथा प्रार्थना गर्न समेत रोक लगाइएको छ ।
लीलाई चर्चको नियम मिचेको आरोपमा गत अगष्टबाट नै परिक्षणमा राखिएको थियो । चर्चले अनावश्यक असामाजिक कार्य गर्ने, लागु औषधको प्रयोगलाई प्रश्रय दिने तथा समलिङ्गी सम्बन्धलाई स्विकार्ने जस्ता कार्यलाई बर्जित गरेको छ । यदि चर्चका कसैले त्यसस्ता गतिविधिमा संलग्नता जनाएमा चर्चले उनीहरुलाई निलम्बन देखि पद नै खोस्ने सम्मको कारवाही गर्दछ ।
लीले सन् २०१९ को अगष्ट ३१ मा एक कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा तेश्रो लिङ्गीहरुको उपस्थिति थियो भने उनले ति तेश्रो लिङ्गीहरुको पक्षमा रहेर भाषण गरेका थिए भने ईन्द्र्णी रङको पोषाक लगाएर उनीहरु प्रति ऐक्यवद्धता समेत जनाएका थिए ।
यता लीका पक्षधर वकिलहरुले भने उनले उक्त कार्यक्रममा गरेको भाषणका क्रममा कहीँ कतै पनि यौनिक अल्पसंख्यकहरुलाई समर्थन गर्ने अभिव्यक्ति नदिएको दावी गरेका छन् । उनीहरुले चर्चको निश्पक्षतामा शंका समेत व्यक्त गरेका छन् । ली ले समेत उक्त निर्णय विरुद्ध पुनर्विचार गर्न अपिल गर्ने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस