काठमाडौँ-गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरसले पैदा गरेको विपद् जोखिम न्यूनीकरणका निमित्त सम्पूर्ण शक्ति विवेकसहित जुटेर सामना गर्न आवश्यक रहेकामा जोड दिनुभएको छ।
विपद् जोखिम न्यूनीकरण अन्तरराष्ट्रिय दिवसका अवसरमा बोल्दै गृहमन्त्री थापाले ‘आजको दिन आमनागरिकले विपद् जोखिम न्यूनीकरणप्रति सजगता, सचेनता, सहभागिता र सक्रियातलाई अझ विस्तार गर्ने र उठाउने दिन हो । हाम्रा प्रतिबद्धता, नीति र योजनाको समीक्षा गर्दै आगामी दिनमा विपद्को विरुद्ध जुट्न रणनीति कार्ययोजना विकास र विस्तार गर्न आवश्यक रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “एकअर्काबीचको समन्वय र सहकार्यमा मात्र विपद् न्यूनीकरण गर्न सकिन्छ । विपद् जोखिम न्यूनीकरण विकासका हरेक गतिविधिसँग जोडेर लैजानुपर्ने आजको आवश्यकता हो ।”
नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष शर्मिला कार्कीले विपद् जोखिमका घटना बढिरहँदा नेपालगायत विकासन्मुख मुलुकले ठूलो नोक्सान ब्यहोर्नुपरेको हुँदा बनाइएका नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जीतराम लामाले मुलुकका साधनस्रोत परिचालन गरी रोजगारी सिर्जना गर्दै सुशासन र जवाफदेही बनाउने कार्यमा विपद् व्यवस्थान न्यूनीकरण कार्यक्रमलाई जोडेर लैजाने नीति र कार्यक्रम बनाउनुपर्छ भन्नुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल र नेपालस्थित संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रमका प्रतिनिधि रिचर्ड हावर्डले जलवायु परिवर्तनको असर र विपद्सम्बन्धी घटनाबाट हरेक वर्ष ठूलो जनधन गुमाउनु परेकाले स्थानीय जनताको सहभागितामा यस्ता घटना न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
नेपालमा हरेक वर्ष बाढी÷पहिरो, चट्याङ, आगलागी, शीतलहर जस्ता प्राकृतिक प्रकोप र विपद्का घटनाबाट ठूलो जनधजनको क्षति हँुदै आएको छ । विपद् जोखिमका हिसाबले नेपाल उच्च जोखिमयुक्त मुलुकको सूचीमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस