एउटा आम निम्न मध्यम वर्गीय जस्तै सामान्य तवरको बालापन बित्यो अनि संघर्षका औषत तरिकाले किशोरावस्था। सायद आफ्ना पुस्ताका सामान्य तन्नेरी भन्दा मेरा सपनाका तस्विरहरु विरलै फरक थिए होलान । चालीसको पूर्वार्द्धका अन्य जस्तै जीवनकालका सुरुवाती राजनैतिक उथलपुथल मेरा लागि खासै महासुसयोग्य बनेनन् । सामान्य कृषि कर्म गरि अर्थोपार्जन गर्ने मेरो पारिवारिक पृष्ठभूमिले गर्दा पनि कति घटनाक्रम मेरा सरोकार भन्दा बाहिरका विषय बने । मैले चाहेर भन्दा पनि परिश्थितिको विवशताले ५० को दशकको सशस्त्र द्वन्दले म पनि प्रभावित भएँ ।
संकटकाल अनि कुर्फ्युको छायाँको संत्रश्त्र जीवन हाम्रो किशोरावस्थाको पर्याय बन्यो । राजनीतिक परिवर्तनका उत्तारचढाव संगैको सहजता असहजताको दोसाँधमा युवावश्था अघि बढदै गयो । सामान्य युवा जस्तै मेरा पनि केहि थान सपनाका तस्विरहरु थिए त केही सपना आफ्नै मानसपटलमा । एउटा सम्मानित जीवन जिउने अनि परिवारका सदश्यहरुसंग सुख दुख बाड्दै जीवनयापन गर्ने । तर जीवनको रथ चाहिँ हाम्रो कल्पनाको तस्विर भन्दा अलग यथार्थको वक्रपथमा अघि बढ्दो रहेछ । आफुले सोचेका योजनाका केहि चित्र कोर्न जिन्दगीले साचै अनिश्चितता अनि रोमान्चकताले भरिएका यात्राहरु गर्नु पर्ने रहेछ । अस्थिर अनि अनिश्चित संक्रमण र आफु माथिको नवदापत्य जीवनको जिम्मेवारीले मलाई पनि अरु जस्तै प्रवाशतिर धकेलिरहेको थियो।आफ्नो उज्ज्वल भविष्यको अभिलाषा अनि स्वदेशको अनिश्चितताको निराशा सायद यो समीकरणले मलाई पलायन गराउन एक सुत्रीय माग लिएर मेरो अनिर्णित मानसिकतामा धर्ना दिइरहेको थियो ।
जीवनभर हर दुखसुखमा हातमा हात राखेर जिन्दगि बिताउने जीवन संगिनीसंगको हजारौंको माइलको त्यो दुरी अनि बिल्कुल अलग परिवेशको जीवन मेरो प्रवाशी जीवनको परीक्षाको पहिलो परिक्षण थियो । समयक्रम संगैको यस्तै अनेकन परिक्षण अनि उत्तीर्ण अनि अनुत्तीर्ण प्रदर्शनको क्रम संगै आधा दशकको भएछ यो प्रवाशी जीवन रयस बिचमा मेरा सपना केहि पुरा भए केहि अधुरा रहे । दूरी पसिना अनि संघर्षले आर्जेका मेरा सपनाका तस्विरहरु सांचै कतिका अनमोल होलान अनि मैले चुकाएको मूल्य सहि वा अधिक त्यो मेरो भोगाइको यो काल खण्ड मा अनुत्तरित नै छन् ।
दाम्पत्य जीवनको अधिकांश जीवन प्रवाशमा बित्यो अनि अभिभावकत्व पनि प्रवाशमा । आम प्रवाशी बाबुहरू जस्तै मेरो पनि आफ्नु छोरीलाई काखमा राखेर खेलाउने इच्छा अनि स्वदेशमा कुनै व्यबसाय गर्ने इच्छा फेरी पनि मलाई पलायन गराउन उद्धत तत्वको शिकार होलान भन्ने शन्त्राश ज्युका त्यू छ आफ्नो उर्जावान समय परदेशमा खर्चिनु कुनै क्षण मन नहुदा पनि आदर्शका दमदार बेलुनलाई यथार्थका साना छेस्काले फुटाउने कुरा स्वीकार्न मा विवश छु । ५ वर्षको यो परदेशको बसाई पछि स्वदेशमा आफ्नो शिप र पसिनाले ब्यवसाय गर्ने मेरो आकांक्षालाई कल्पनामा नै सिमित गर्न ति तत्व झन् जोडतोडले तयारी गर्दैछन जुन मलाई पलायन गरुन सफल भएका थिए ।
मैले देख्ने आदर्शका सपनाहरु यति कमजोर धरातलमा उभिएका छन् कि अस्थिरता र अनिश्चितता रूपी हावाका साना झोकाहरुले सहजै उडाइदिन्छन् । असहजता र असफलताका हाउगुजी देखाई प्रवाश धकेल्ने ति सुझावकर्ता झन् शक्तिशाली भएका छन् अनि केहि गर्छु भनि योजनाका पुलिन्दा खोल्न तत्पर मेरा हातलाई अर्धसत्य आधारमा खडा गरिएका नजिर देखाएर बाध्न तत्परहरु झन् तदारुकताका साथ् पुर्व तयारी गरेर बसेका छन । सायद मेरो पुस्ताका तन्नेरीको नियति नै यही होला कि ?
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस