काबुल-अफगानिस्तानमा तालिबानी लडाकूहरुले अफगान सेनालाई लक्ष्य गरेर राखेको बम विस्फोट हुदा कम्तीमा पनि १० जना अफगान सेना मारिएका छन् । सो आक्रमणमा परी अरु केही सेना घाइते भएका छन् । त्यस्तै त्यसमा परेर तीन जना सर्वसाधारण नागरिक पनि मारिएका छन् ।
अफगानिस्तानको सार इ पुल प्रान्तमा सो आक्रमण भएको थियो । उक्त आक्रमणबाट गस्तीमा जाँदै गरेको अफगानिस्तानको राष्ट्रिय सेनाको समूहलाई लक्ष्य गरेर गरिएको थियो । सडक छेउमा ती सेनालाई नै लक्ष्य गरेर बम राखिएको र बम विस्फोट भएपछि उनीहरुको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
शनिबार साँझ पख तालिबानीहरुले सो बम विस्फोट गराएका थिए । बम लागेर अफपगानिस्तानको राष्ट्रिय सेना एएनएका दश जना सदस्यको घटनास्थलमै निधन भएको छ भने अरु पनि कैयौँ सैनिक घाइते छन् ।
हाल अफगानिस्तानको सरकार र तालिबानी समूहका प्रतिनिधिबीच कतारको दोहामा शान्ति स्थापना गर्ने कार्यका लागि वार्ता जारी रहेको छ । उता अफगानिस्तानको सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको र यसका लागि सरकारको तर्फबाट सक्दो मात्रामा लचकता अपनाइएका समाचारहरु पनि आइरहेका छन् । तर यता तालिबानीहरुले भने अफगानिस्तानमा हिंसात्मक आक्रमण रोकेका छैनन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस