सोल – चिनियाँ राष्ट्रपति सि जिङ पिङले उत्तर कोरियाको समाजबादको यात्रामा आफ्नो भरपुर सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको ७५ औँ बार्षिकोत्सवका अवसरमा नेता किम जोङ उनलाई एक पत्र पठाउदै राष्ट्रपति सीले सो कुरा बताएको उत्तर कोरियाली सञ्चारमाध्यम केसिएनएले बताएको छ ।
चिनियाँ राष्ट्रपति सीले भनेका छन् – “वर्कर्स पार्टीको स्थापना दिवसको पावन अवसरमा मेरा आत्मिय मित्र किम जोङ उन तथा सिङ्गो वर्कर्स पार्टि तथा उत्तर कोरियाली जनता प्रति मेरो ब्यक्तिगत तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको तर्फबाट वर्कर्स पार्टी स्थापना दिवसको ७५ औँ बार्षिकोत्सवको अवसरमा हार्दिक शुभेक्षा प्रकट गर्दछु । ”
सीले किम तथा वर्कर्स पार्टीको नेतृत्वमा उत्तर कोरियाको समानबाद तर्फको यात्रा सफलतापूर्वक अगाडी बढीरहेको तथा आर्थिक समृद्धी, अन्तराष्ट्रिय सम्बन्ध सुधारका क्षेत्रमा समेत महत्वपूर्ण कार्यहरु भइरहेको बताउदै आगामी दिनहरुमा त्यस किसिमका गतिविधिहरुमा अझ बढी सुधार देखियोस भनेर शुभेक्षा समेत व्यक्त गरेका छन् । उनले आफूहरुको सम्बन्ध नयाँ उचाईमा पुगेको समेत बताएका छन् ।
उत्तर कोरियाको ८० प्रतिशत आयात तथा निर्यात चीनसँगै निर्भर रहेको छ । उत्तर कोरियालाई सहयोग गरेको आरोपमा चीनमाथि संयुक्त राष्ट्रसंघमा समेत बारम्बार प्रश्न उठ्दै आएको छ । यसै बीच आएको चिनिया राष्ट्रपतिको सन्देशलाई विश्वभरबाट अर्थपूर्ण रुपमा हेरिएको छ ।
यता यस बर्षको सैनिक परेडमा उत्तर कोरियाले नयाँ हतियार प्रदर्शन गर्न सक्ने आँकलन गरिएकोमा त्यस्तो नपाइएको विज्ञहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस