काठमाडौँ-नेपालमा पनि अक्टोबर महिनालाई स्तन क्यान्सर विरुद्ध सचेतना अभियानका रुपमा मनाउन शुरु गरिएको छ । ‘क्यान्सरको समयमै उपचार गर्ने हो भने निको हुन्छ’ भन्ने नाराका साथ योग प्रेमी नेपाल र नेपाल क्यान्सर सरभाइबर्स सोसाइटीले विविध कार्यक्रम गरी मनाउन शुरुआत गरेका हुन् ।
पछिल्लो समय गलत जीवनशैलीका कारणले स्तन क्यान्सरबाट धेरै महिला पीडित हुनु परेको जनाइएको छ । सचेतना अभियानमा क्यान्सर के हो ? यो किन हुन्छ ? के कस्ता उपाय अपनाउनाले क्यान्सर रोगको जोखिम कम हुन सक्छ ? रोग लागिसकेको छ भने कसरी अगाडि बढ्ने जस्ता अभियानको क्रममा सिकाउने सोसाइटीका अध्यक्ष प्रमिला खनालले जानकारी दिनुभयो ।
उहाँले आफूहरुले क्यान्सरका बिरामीलाई मनोपरामर्श सेवा प्रदान गर्नुका साथै महिलालाई लक्षित गरी स्वास्थ्य शिविर कार्यक्रमको साथै स्कुल, कलेजका छात्रालाई क्यान्सरको बारेमा सचेत गराउने काम गर्दै आएको बताउनुभयो ।
योगप्रेमीका अध्यक्ष खेतराज मैनाली क्यान्सर रोगसित विजय प्राप्त गर्न योग र ध्यानको विशेष महत्व हुने जानकारी दिनुभयो । उहाँले योग र ध्यानले मानिसको जीवनशैलीमा परिवर्तन गर्न विशेष भूमिका रहने भएकोले क्यान्सरलाई पनि योग र ध्यानबाट सजिलै जित्ने सकिने जानकारी दिनुभयो । नेपालमा ४० देखि ५० बर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर हुने गरेको पाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस