दक्षिण कोरिया रोजगारीको सिलसिलामा आएका साथिहरूसंगको विविध प्रसंगमा हुने छलफलमा प्राय सबैको कोरियन र नेपाली जीवनशैलीका बारेमा तुलनाका तर्क र वितर्क सुन्न पाइन्छ ।
अक्सर देखिने र सुनिने अधिकांश प्रतिक्रिया एक हदसम्म समान पाइन्छ ।हामी नेपाली अलिक बढी नै आफुलाई आर्य प्रजातिको उन्नत नश्लको ठानेर नै होला भोटे शब्द प्राय छुटेको हुन्न कोरियनलाई गरिने सम्बोधनमा ।
अधिकांश प्रवासी साथीहरुको एउटा साझा भ्रम छ कि कोरियाको जीवनस्तर न्युनस्तरको छ अनि वृद्ध अवस्थाको सामाजिक सुरक्षाको बारेमा उस्तै किसिमको भ्रम छ ।
अलिक वयोवृद्धले काम गरेको देख्यो कि यहाको जीवनस्तरको लेखा जोखाको इतिवृतान्त सुरु हुन्छ । त्यो पोखिन कसैलाई फेसबुक काफी छ भने कसैलाई साथि भाइको जमघट ।कामको शिलशिलामा कार्यव्यस्तताको कारणले अलग बसाई भएका दम्पतिको उपहासमा पनि प्राय उही किसिमको एकरूपता पाइन्छ ।
हाम्रो मानसिकता नै यस्तो छ कि हामीलाई हाम्रो भन्दा फरक कुरा प्राय गलत लाग्छ ।आफुलाई अनभिज्ञता रहेको कुरा होस् या अल्पज्ञान रहेको कुरामा समेत विज्ञताको प्रदर्शन नि अति सरलीकृत निष्कर्ष निकाल्ने प्रवृतिले गर्दा वास्तविकता भन्दा निकै टाढाको मनगढ़न्ते कुरालाई प्रचार गरिरहेका हुन्छौं ।
तथ्यांकको विश्लेषण अनि व्यक्तिगत अवलोकनले प्रष्ट देखिने तथ्य चाही कोरिया क्रमिक रूपमा समतामूलक समाजमा रूपान्तरित हुदै गरेको छ ।बालबालिका एवं वृद्ध नागरिकको पालन र पोषणमा बजेटको अनुपातको खर्च अनि क्रयशक्तिको हिसाबमा उल्लेख्य रकम विनियोजन गर्ने मुलुकमा पर्दछ ।तिन दशक आधाको जापानी उपनिवेश अनि तत्पश्चातको विभाजन र करिव ३ वर्षको विध्वंसकारी कोरियाली प्रायद्वीपको युद्धले खरानीबाट पुनर्निर्माण अनि विकाशको यात्रा सुरु गरेको यो मुलुकले लोककल्याणकारी राज्यमा रूपान्तरित भई वृद्द्वस्था र शिशु स्याहारमा अन्य OECD मुलुक समान बजेट बिनियोजन गर्नु निश्चय पनि उल्लेखनीय उपलब्धि हो । यो तथ्यलाई हाम्रो अति सरलीकृत निष्कर्षले कदापी देख्दैन । स्वतन्त्रता पछिको तिन दशकको अवधि सैनिक शासन र प्रजातान्त्रिक आन्दोलनको रक्तपातपूर्ण संघर्षका वावजूद एउटा मुलुक आर्थिक विकासका साथै समाजिक सुरक्षाका कार्यक्रमहरु अगाडी बढाउनु वास्तवमै चुनौतिपूर्ण यात्रा हो ।
नियमित काम गर्ने अनि अत्यन्त कम छुट्टी लिने पूर्वी एशियाली मुलुकको प्रचलन पनि विशेष गरी हामी नेपालीलाई अलिक पाच्य नभएको अर्को टाउको दुखाई हो । हामी दिनमा केहि घण्टाको झारा टार्ने प्रवृतिको काम अनि सेवाग्राहीलाई सेवा प्रवाहमा थप नजरानाको बदलामा मात्र काम गर्ने संस्कारमा हुर्केकालाई वास्तवमै लगनपुर्वक काम गराई असहज लाग्छ ।
परिवारका सदस्यको मृत्युको एकाध दिनपछि कार्यस्थलमा कोरियन समकक्षी देखिनु जीवनकालमा प्रभावकारी उपचार नपाइने अनि मृत्यु पश्चात करिव वर्ष दिनको शोकमा शोकमग्न हुने बानी परेका हामी अतिसभ्यलाई कम्तिको असहज हुन्न ।
आम कोरियाली जीवन हाम्रो तुलनामा गुणस्तरहिन छ भन्नेमा प्राय हाम्रा अतिविज्ञहरुमा एक मत रहेको अर्को भ्रम हो । जुन देशमा एउटा युवा जीवनको उर्वर समय कुन मरुभूमिमा पसिना बगाउ भनेर घोत्लिन्छ तिनै मध्येकोलाई निम्न मध्यमस्तरका व्यक्तिले समेत विश्वस्तरका सेवा सुबिधा उपभोग गरिरहेको आफनै आखाले देख्दा पनि त्यो किसिमको विश्लेषण गरिनु वास्तवमै विज्ञताको चरम सिमा हो ।
अलग भूगोल र फरक जीवनशैलीमा अभ्यस्त हुनु प्रवासीका निम्ति पनि चुनौतीपूर्ण काम हो तर आफु भन्दा अलग कुरा सबै वेठिक भन्ने अतिवादी सोचका कारण हामी एउटा अवसरबाट वन्चित हुदै गैरहेका छौ ।
आफु कार्यरत मुलुकको मानसिकता र संस्कारप्रतिको नकारात्मक टिप्पणीले हामीलाई केहि कुरा ग्रहण गर्ने अनि ग्राह्य हुने अवसरबाट टाढा बनाउदै लान्छ । केहि समयको श्रमिक जीवनमा आर्जित शीप र पुँजीलाई सदुपयोग गरी आफ्नो मुलुकमा स्थापित हुनुपर्ने पृष्ठभूमिका हामी शीप र प्रविधि हस्तान्तरणको पाटोलाई समेत टाढा बनाउने तर्फ उद्दत त भैराखेका छैनौं रु
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस