सोल – दक्षिण कोरियाली व्यापार मन्त्री यो मियोङ ही विश्व व्यापार संगठन प्रमुख पदका लागि अन्तिम दुईमा छनौट भएकी छन् । रोयटर्समा प्रकाशित समाचार अनुसार अब उनको प्रतिस्पर्धा नाइजेरियाका ङोजी ओकोञ्जो ईवेलासँग हुने छ ।
विश्व व्यापार संगठनले भने अन्तिम दुइ उम्मेद्वारहरुको नामावली जेनेभा समय अनुसार ढीला गरेर मात्र प्रकाशित गर्ने बताएको छ । अब प्रमुख छान्ने जिम्मा संगठनका सदस्य मुलुकहरुलाई दिइने छ । सदस्य राष्ट्रहरुको मतका आधारमा प्रमुखको छनौट गरिने छ ।
मेक्सिको, इजिप्ट तथा माल्दोभाका प्रतिनिधिहरु पहिलो चरणबाटै बाहिरिएका थिए भने दोश्रो चरणमा यो मियोङ हीको प्रतिस्पर्धा साउदी अरब तथा बेलायती प्रतिनिधिसँग भएको थियो । विश्व व्यापार संगठनको नयाँ प्रमुखको टुङ्गो नोभेम्बरको सुरुवाती दिनहरुमा नै लगाउने संगठनले तयारी गरेको छ ।
जेनेभा आधारित ब्यापार संगठन प्रमुख पदका लागि दक्षिण कोरियाको यो तेश्रो प्रयास हो । यस अघि सन् १९९४ तथा २०१२ मा समेत दक्षिण कोरियाले उम्मेद्वारी दिएको थियो ।
योले आफ्नो प्रचारका क्रममा बहुआयामिक ब्यापार नितिको पक्षधर आफू रहेको र उनले प्रचारका क्रममा अमेरिका, स्विजर्ल्याण्ड, स्वीडेन लगायतका महत्वपुर्ण देशहरुको भ्रमण समेत गरेको समाचारमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस