सोल – जापान तथा दक्षिण कोरियाले यसै साताबाट छोटो तथा लामो समयका लागि ब्यापारिक भ्रमणलाई पुन: सुचारु गर्ने भएका छन् । कोरोना भाइरसबाट थलिएको अर्थतन्त्र चलायमान बनाउन ब्यापारिक भ्रमणलाई पुन: सुचारु गर्न लागिएको अधिकारीले बताएका छन् ।
छोटो समयको ब्यापारिक प्रयोजनका लागि गरिने भ्रमणका क्रममा कोरोना परिक्षण रिपोर्ट नेगेटिभ भए क्वारेन्टाइनमा बस्न नपर्ने गरि व्यवस्था गरिन लागिएको दुबै देशका अधिकारीले बताएका छन् । त्यसका लागि भ्रमण गर्ने व्यक्तिले आफ्नो भ्रमण विवरण भने विस्तृत रुपमा उपलब्ध गराउनु पर्ने छ ।
दीर्घकालीन व्यवसायीक भ्रमण गर्नेहरुको हकमा भने दुबै देश प्रवेशमा कोरोना परिक्षण रिपोर्ट अनिवार्य गरिने छ भने १४ दिनको सेल्फ क्वारेन्टाइन समेत अनिवार्य रहने छ ।
यो नयाँ आर्थिक गतिविधि सँगै जापानले दुई देश बीच युद्धका समयबाट चिसिएको सम्बन्ध समेत सुमधुर बन्न सक्ने आशा ब्यक्त गरेको छ । जापानले कोरियाली नागरिकलाई युद्धबन्दी बनाएको र त्यसको क्षतिपुर्ति नदिएको भन्दै दक्षिण कोरिया जापानसँग रुष्ट छ ।
यदि उक्त ब्यवसायीक भ्रमण पुन: सुचारु गरिएमा कोरिया जापानमा ब्यवसायिक भ्रमण गर्ने दोश्रो देश हुने छ । यस अघि सिङ्गापुरसँग जापानले ब्यवसायिक भ्रमण सुरु गरिसकेको छ । जापानले थाइल्याण्ड तथा भियतनाम लगायतका अन्य ९ देशहरुमा समेत ब्यवसायिक भ्रमण सुरु गर्ने समाचार रोयटर्स को सहयोगमा द कोरिया टाइम्सले प्रकाशित गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस