काठमाडौँ- गृहमन्त्री रामबहादुर थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी तुुल्याउन सरकारले हरसम्भव प्रयत्न गरिरहेकोे बताउनुुभएको छ । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले विकाससम्बन्धी गतल नीतिले विपद्का घटना निम्त्याएको उल्लेख गर्नुुभयो । मुुलुकमा बाढी, पहिरो, डुुबान र चट्याङलगायत घटनामा वर्षमा सरदर एक हजार व्यक्तिको मृत्यु हुुनुुका साथै आवास, पूर्वाधार र बालीनाली गरी अर्बाैंको क्षति हुँदै आएको छ ।
प्राकृतिक प्रकोप र विपद् जोखिमलाई न्यूनीकरण गर्न सहजताका लागि सरकारले आवश्यक ऐन, कानून निर्माण भइसकेको उल्लेख गर्दै गृहमन्त्री थापाले भन्नुुभयो, “औद्योगिक मुलुुकले लिएको विकाससम्बन्धी गलत नीतिले पृथ्वीको तापक्रम बढन गई जलवायु परिवर्तनमा आएको असरको कारण अनेकाँै खाले विपद्का घटना निम्त्याएको छ ।” प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुुभयो ।
महिला तथा दलितमाथि हुने उत्पीडनका घटना न्यूनीकरण गर्न सरकार संवेदनशील रहेको बताउँदै गृहमन्त्री थापाले भन्नुुभयो, “महिला सेलजस्तै प्रहरीमा दलित डेक्स बनाउने सोच अघि सारिएको छ, अघिल्ला वर्षको तुुलनामा महिलामाथि हुने बलात्कार र घरेलु हिंसाका घटना कोभिड–१९ को लकडाउनपछि बढेको छ, यो चिन्ताको विषय हो ।”
यसअघि बैठकमा सदस्यहरुले विकास भनेको सडकमात्र हो भन्ने बुुझाइ र विनागुरुयोजना हतारोमा सडक बनाउने कार्यले पहिराका जोखिम निम्त्याएको सडक खन्ने कार्यलाई व्यवस्थित र योजनाबद्ध ढङ्गबाट अघि बढाउन सुुझाव दिनुुभयो ।
कोरोनाका कारण देखिएको असहज परिस्थितिमा कैदी व्यवस्थापनमा देखिएको चाप घटाउन, जोखिममा अग्रमोर्चामा काम गर्ने चिकित्सक र सुरक्षा फौजको मनोबल बढाउन प्रोत्साहनको व्यवस्था गर्न तथा हिंसामा परेका महिलाको सहजरुपमा प्रहरीले उजुरी लिने व्यवस्था गर्न उहाँहरुले गृहमन्त्रीसँग आग्रह गर्नुुभयो ।
जोखिमबस्ती स्थानान्तरणमा विशेष ध्यान पुु¥याउन पनि गृहमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उहाँहरुले तीन तहका सरकारबीच समन्वयका साथ काम गर्न तथा प्रभाव र पहुँचका आधारमा आयोजना छान्ने गलत प्रवृत्ति रोक्न सुुझाव दिनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस