काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्यहरुले आज सपथ ग्रहण गर्न लागेका छन् । प्रशिक्षण प्रतिष्ठानका सदस्यहरु पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा पद तथा गोपनियताको सपथ ग्रहण गर्न लागेका हुन् ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ वजेका लागि पार्टी कार्यालय सानेपामा निर्धारण गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
कांग्रेसका उपसभापति एवं प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिल गत चैत २९ गते विभिन्न जिल्लाबाट ३८ जनालाई सदस्यमा नियुक्त गरेका थिए । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा उनीहरुलाई नियुक्त गरिएको हो ।
यी हुन् प्रशिक्षण प्रतिष्ठानमा नियुक्त सदस्यहरु
१. डा. आरजु देउवा (डडेल्धुरा)
२. श्री धु्रव वाग्ले (तनहुँ)
३. श्री डिकबहादुर लिम्बू (मोरङ)
४. श्री मनोहरनारायण श्रेष्ठ (धनकुटा)
५. श्री तुलसीनारायण श्रेष्ठ (लम्जुङ)
६. श्री सुभाष पोखरेल (खोटाङ)
७. श्री रञ्जित कर्ण (सप्तरी)
८. श्री मोख्तार अहमद (सिरहा)
९. श्री मधु शाही (बारा)
१०. डा. सूर्य ढुंगेल (महोत्तरी)
११. डा. जगदीश चन्द्र पोखरेल (तनहुँ)
१२. डा. गोविन्दराज पोखरेल (प्यूठान)
१३. श्री खिलानाथ दाहाल (ओखलढुंगा)
१४. श्री तारानाथ दाहाल (सिन्धुपाल्चोक)
१५. श्री केशव निरौला (मोरङ)
१६. श्री छन्दबहादुर पहराई (गुल्मी)
१७. श्री गेजा शर्मा वाग्ले (काठमाडौं)
१८. प्रा. अमुदा श्रेष्ठ (काठमाडौँ)
१९. श्री प्रसिस महरा (डोटी)
२०. श्री किशोरदत्त बराल (कास्की)
२१. श्री कमला लामिछाने (गोरखा)
२२. श्री भगिरथ पोद्धार (झापा)
२३. श्री राजकुमार नकर्मी (काठमाडौँ)
२४. श्री प्रमोदहरि गुरागाँई (काठमाडौं)
२५. श्री नानुमैयाँ बाँस्तोला (काठमाडौँ)
२६. श्री भद्रा भण्डारी पराजुली (काठमाडौँ)
२७. श्री राजु नेपाल (भक्तपुर)
२८. श्री रामजी कंग्रेन (धनकुटा)
२९. श्री लालबहादुर पुन (बाग्लुङ)
३०. श्री शम्भु जोशी (दार्चुला)
३१. श्री सरस्वती गुरुङ (कास्की)
३२. श्री देविका नेपाली (दाङ)
३३. श्री डोल्मा तामाङ (सोलुखुम्बु)
३४. श्री कान्ता रिजाल (पाँचथर)
३५. श्री मदन कट्टेल (रूपन्देही)
३६. श्री सुष्मा तिवारी (पर्सा)
३७. श्री बीरेन्द्र साह (सुनसरी)
३८. श्री दीपक अधिकारी (सर्लाही)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस