काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणको फितलो अनुसन्धानको आरोप लागेपछि निलम्बनमा परेका प्रहरीको निलम्बन फुकुवाको तयारी भएको छ ।
सरकारले मन्त्रिपरिषद् बैठकमार्फत निलम्बन फुकुवाका लागि कानुन संशोधन गरेसँगै प्रहरी प्रधान कार्यालयलाई निलम्बन फुकुवा गर्न बाटो खुलेको हो । तर, नियमावली संशोधनको सूचना राजपत्रमा प्रकाशित नहुँदा प्रधान कार्यालय नै अलमलमा परेको छ ।
सो घटनाको अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले भने जागिरबाटै अवकाश पाइसकेका छन् । अन्य तीन जनालाई भने निलम्बन फुकुवा भएसँगै काममा फर्किन बाटो खुल्नेछ ।
‘नियमावली संशोधन भयो भन्ने सुनियो तर राजपत्रमा प्रकाशित भएको छैन । प्रकाशित नुहँदासम्म फुकुवाको प्रक्रिया अगाडि बढाउन मिल्दैन,’ प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले भने ।
यसअघि नियमावलीमा प्रहरी अधिकारीलाई लागेको मुद्दाको अन्तिम किनारा नलागेसम्म जागिरमा पुनर्बहाली हुन नपाउने व्यवस्था रहेकामा मन्त्रिपरिषद्ले हालै गरेको संशोधनमा अन्तिम किनारा भन्ने शब्द हटाइएपछि निलम्बन फुकुवाको बाटो खुलेको हो । यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस