काठमाडौं-पार्टी र सरकारबीच समन्वय मिलाउने तीन साताअगाडिको पार्टी निर्णयलाई चुनौती दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक महत्वपूर्र्ण राजनीतिक नियुक्ति गरेपछि नेकपामा पुनः खटपट सुरु भएको छ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
समाचार अनुसार स्थायी कमिटी निर्णय र सचिवालयको छलफलअनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल जारी रहेकै वेला प्रधानमन्त्री ओलीले बिहीबार राजनीतिक नियुक्तिसम्बन्धी महत्वपूर्ण निर्णय लिएका छन् ।
केन्द्रीय सचिवालयमा राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाउने एजेन्डा थाती रहेकै वेला मुख्यसचिवसहित तीन मुलुकमा राजदूत नियुक्ति गरेपछि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मनमुटाव भएको छ ।
पार्टीको निर्णयबाहिर गएर प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति गरेको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयका अन्य नेताहरूसँग समेत संवाद गरेका छन् ।
प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेता नियुक्तिसम्बन्धी सरकारको पछिल्लो निर्णयप्रति असन्तुष्ट छन् ।
अब बस्ने पार्टी बैठकमा यसलाई छलफलको विषय बनाउनेबारे नेताहरूबीच टेलिफोन संवाद भएको प्रचण्डनिकट स्रोतले बताएको छ । ‘अचानक र नाटकीय रूपमा गरिएका नियुक्ति पार्टी स्थायी कमिटीको निर्णयको म्यान्डेन्टभन्दा बाहिर छन् । पार्टी बैठकमा यो विषयमा पक्कै छलफल हुन्छ,’ सचिवालयका एक सदस्यले भने ।
ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्ति तथा संवैधानिक नियुक्तिको मापदण्ड र मोडालिटीबारे लगातार चलिरहेको छलफल सकारात्मक निष्कर्षमा नपुगेकै वेला प्रधानमन्त्री ओलीले एकैपटक महत्वपूर्ण नियुक्ति लिएका छन् । ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने’ स्थायी कमिटी निर्णयविपरीत प्रधानमन्त्रीले मुख्यसचिव र तीन मुलुकमा राजदूत नियुक्त गरेको असन्तुष्ट नेताहरूको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस