कोरियामा हामी नेपालीहरु को संख्या अहिले निकै धेरै बढेको छ । ईपीएस शुरु भएपछि नेपालीहरु सरकारी तवरले कोरियाका कलकारखानामा कामदारको रूपमा भित्रीएको तेति धेरै समय भएको छैन।कोरियामा नेपालीहरुलाई काम सम्बन्धि र भासा सम्बन्धि विविध समस्या छदै छ तर यी बाहेक हिजो आज प्रहरीमा सबै भन्दा बढी ठगीको उजुरी आउने गरेको छन ।
कुनै केशहरू नेपालीले नेपाली ठग्ने गरेको पनि आउछन । कुनैमा अरु देशकाले नेपालीलाई ठग्ने । येस्ता घटनाहरु हिजोआज लगभग हाफ्ता दुई हाफ्तामा प्रहरीमा उजुरी गर्न नेपाली मात्र होइन अरु देशका नागरिकका साथ साथ कोरियनहरु पनि पीडित भएर आउने गरएका छन।सबैभन्दा बढी र सजिलै तरिकाले ठगहरुले ईन्टरनेटबाट अन्लाईन सपिङ्ग गर्ने भनेर ठग्ने गरेका छ्न ।उनीहरुले महंगो सामान,मोबाईल ,क्यामेरा,घडीहरु बजार भाउभन्दा निकै सस्तो दरमा बेच्ने भनेर मान्छेहरुलाई लोभ्याउछ ।
उनिहरु प्रत्यक्ष आफूहरु सामुन्ने आउदैन काकाओ टक,भाइबर जस्ता म्यासेन्जरबाट बार्गेनिङ गछनर्् । आफ्नो सिकारलाई बिश्वास दिलाउनको लागि आफ्नो आइडीकार्डको फोटो समेत देखाउने गछनर्् । सामान आफूहरुले कारखानाबाट डाईरेक्ट लिएको हुनाले धेरै सस्तोमा बेचेको हो भन्छन् । तर यिनीहरुले देखाउने आईडी कार्ड अरु कसैको हुन्छ । बैंक अकाउन्ट पनि अरुको नै प्रयोग गरेका हुन्छन् । र एकपटक यिनीहरुको कुरा पत्यायेर यिनीहरुले भनेको पैसा यिनी हरुको अकाउन्टमा ट्रान्सफर गर्यो भने त्यसपछि सम्पर्कविहिन हुन्छन् । प्रहरीमा उजुरी गरे पनि असली ठग फेला पर्दैन र उनीहरुले दिएको आईडी कार्ड र बैंक अकाउन्टको आधारमा खोज तलाश गर्यो भने आईडीवाला र बैंक अकाउन्टवालालाई थाहा नै भएको हुदैन कि उनको नामबाट अरुले ठगीको घटना गरेको भनेर ।
केही महिना पहिला पोखराको एक जना भाइको उजुरीमा उनले दिएको आईडीमा भएको ठेगानाको आधारमा ठगी गर्ने मान्छेलाई खोज्न जादा उल्टै त्यो मान्छे आफू पनि पीडित भएको र आफू बिरूद घरीघरी उजुरी परेर प्रहरीकोमा धाइरहेका र दुख पाएको दुखेसो उ लगायत कम्पनी म्यानेजरले हामीलाई सुनाए ।
आज बेलुका नै एक जना भाइले आफू लगायत १०,११ जनालाई एक जना डिपेन्डेन्ट भिसामा (बिद्यार्थीको श्रीमान ) वाला नेपालीले सस्तोमा फोन दिन्छु भनेर पैसा लगेको र पछि न फोन दियो न त पैसा फिर्ता गर्यो । अहिले त्यो मान्छे सम्पर्कविहिनकाले के गर्ने भनेर सोधी रहेका छन् । मैले प्रहरीमा उजुरी गर्नुस र तपाईं सङ भएको प्रमाण हरु,जस्तै फोन नम्बर पैसा ट्रान्सफर गरेको बैंक रसिद पनि बुजाउनुस र भासाको लागि प्रहरी कार्यलयमा म हुने छु भने ।
तेस्तै एक जना भाइले चीनजानको भरमा कोरियन महिलालाई ३० लाख वोन बिना कुनै लेखपढ नगरी दिएको र पछि ती महिलाले फिर्ता गर्न नमानेर त्यो भाइले प्रहरी उजुरी गर्यो । प्रहरी ले ती महिलालाई केरकार गरे पछि ती महिलाले आफूले उक्त रकम लगेको स्विकार्यो। हाल ती महिलाले २० लाख वोन फिर्त गर्यो र बाकी केही समय भित्र फिर्ता गर्ने कागज बनायो । ती महिलालाई बिदेशी ठगीको अरोप लागेर ४० लाख वोन जरिमाना तिर्न अदालतले आदेश दिएको छ ।
तसर्थ साथीहरु कोरियामा सके सम्म सचेत रहनु । कुनै प्रकारको कानून उल्लंघन नगर्नु । आफ्नो राहदानी,आइडी कार्ड,ब्रंक एकाउन्ट कसैलाई नदिनुस । आफू पनि ठगहरुबाट सचेत रहनु र सगैको साथिभाइहरुलाई पनि सचेत गराउनु होला । कुनै प्रकारको ठगीमा वा समस्यामा परे जति सक्छ छिटो कानूनी सहायता लिनु र प्रहरीकोमा जानु होला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस