सोल – दक्षिण कोरियाली प्रसिद्ध मोटर उत्पादक कम्पनि हुण्डाइले मध्यपूर्वमा नेक्सो फ्युल सेलयुक्त विद्युतीय सवारीसाधन सहित आफ्नो नयाँ कारोबार सुरु गरेको छ । आफ्नो कम्पनिले विद्युतीय बस सहितको नयाँ सेवा साउदी अरबबाट सुरु गरेको बताएको छ ।
कम्पनिका अनुसार हालका लागि उल्सानबाट २ वटा विद्युतीय बस तथा दुई नेक्सो फ्युल सेलबाट चल्ने सवारीसाधन साउदी तर्फ पठाइसकिएको छ । साउदीका तेल ब्यवसायीले स्थानिय पाइलट प्रोजेक्टका रुपमा ति सवारी साधनहरुको प्रयोग गर्ने कम्पनिले बताएको छ ।
साउदी अरबमा सन् २०१९ मा भएको सम्झौता अनुरुप उक्त सवारीसाधन त्यता पठाइएको कम्पनिले बताएको छ । कम्पनिका अनुसार दुबै देशले हाइड्रोजन इन्धन उत्सर्जनमा सहकार्य गर्ने सम्झौता गरेका छन् । उक्त सम्झौता दक्षिण कोरियाली कम्पनि हुण्डाइ तथा साउदी अरबको कम्पनि आराम्को बीच भएको हो ।
सन् २०१८ मा हाइड्रोजन सेलयुक्त सवारीसाधन निर्माण सुरु गरे यता दक्षिण कोरियाले १०,६९८ वटा नेक्सोस सवारीसाधन विक्री गरिसकेको छ । कम्पनिका अनुसार ८,९०८ वटा स्वदेशी बजारमा बिक्री गरिएको छ भने १,७९० वटा देश बाहिर बिक्री गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस