पोखरा- पोखरा महानगरपालिकाले अनलाइनमार्फत कृषकको वर्गीकरण गर्ने भएको छ । महानगरमा भित्रका कृषकलाई परिचयपत्र वितरण गर्नका लागि अनलाइनमार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रक्रिया अगाडि बढाइएको महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।
कडरियाका अनुसार महानगरले तयार पारेको वेबसाइट https://apms.pokharakrishi.com मा राखिएको अनलाइन दर्ता फारम भरेर कृषक सूचीकृत हुन सक्नेछन् । कृषकले सबै विवरण घरमै बसेर मोबाइलबाटै पनि भर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । फारममा कृषकको सम्पूर्ण विवरण भरेर पेश गरेपछि उक्त विवरणकै पहिचान गर्न सहज हुने उहाँको भनाइ छ । कोरोना भाइरसको महामारीका बेला कार्यालयमा भीडभाड गर्नुभन्दा अनलाइनबाट काम गर्दा छरितो हुने विश्वास गरिएको छ ।
कडरियाले कृषि क्षेत्रमा संलग्न कृषकलाई संलग्न तालिकामा दिइए अनुसारको विवरण अनलाइनबाट भर्न कृषकलाई अनुरोध गरिएको छ । कृषकले पेश गरेको विवरण सम्बन्धित वडाले रुजु गरी सिफारिसका साथ महानगर कृषि तथा पशु विकास महाशाखामा पठाउने र सम्बन्धित किसानले परिचयपत्र नं र वर्गीकरण सहितको कार्ड प्राप्त गर्नेछन् । उक्त कार्यविधिमा केही परिवर्तन भएकाले विगतमा कार्ड लिएका कृषकले पनि पुनः फर्म भर्न उहाँको आग्रह छ ।
महानगरप्रमुख मानबहादुर जिसीले स्मार्ट महानगरको अवधारणासहित अघि बढेको जनाउँदै प्रविधिको प्रयोग गरेर कृषिमा थप जागरण ल्याउन र वास्तविक कृषकको पहिचान गर्न अनलाइन प्रविधिमा जोड दिएको बताउनुभयो । कृषि क्षेत्रको समग्र विकासका लागि स्रोत साधनको न्यायोचित र प्रभावकारी व्यवस्थापन गरी वास्तविक कृषक लाभान्वित हुने सुनिश्चितता कायम गर्न यो प्रणाली महत्वपूर्ण रहने उहाँको विश्वास छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस