काठमाडौँ-केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा प्रमुख प्रतिपक्षी दल कांग्रेसको घरझगडा पेचिलो भएको छ ।
कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्षले हस्ताक्षर अभियानमार्फत सभापति शेरबहादुर देउवाविरुद्ध दबाबको राजनीति सुरु गरेको छ । तर, सभापति देउवाविरुद्ध मोर्चाबन्दीमा उत्रेको पौडेल पक्षको हस्ताक्षर अभियानमा कृष्णप्रसाद सिटौलाले भने साथ दिएका छैनन् ।
नेता सिटौलाले पार्टीभित्रका असन्तुष्टि बाहिर ल्याउनुभन्दा केन्द्रीय समितिबाटै समाधान खोज्नुपर्ने बताउँदै आएका छन् ।
सभापति देउवाले १४औँ महाधिवेशन निष्पक्ष हुन नदिने गरी संगठनका कामलाई अघि बढाएको भन्दै पौडेल पक्षका २७ केन्द्रीय सदस्यले केन्द्रीय कार्यालय सानेपामा विरोधपत्र दर्ता गराएका छन् ।
१९ असोजमा बस्ने केन्द्रीय समितिको बैठकमा समेत विरोधपत्रमा उल्लेख भएका विषयलाई प्राथमिकताका साथ उठाउने गरी पत्र दर्ता गरिएको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बताए । जोशीसहित केन्द्रीय सदस्यहरू दीपक गिरी, डा. चन्द्र भण्डारी, जीवन परियार र धनराज गुरुङ सानेपा पुगेका थिए ।
उनीहरूले निर्धारण गरिएको समय ०७७ फागुनभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रमुख दायित्व नेतृत्वकै भएको बताएका छन् । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस