वि.सं.२०७७ साल असोज १३ गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–त्रयोदशी,४१ घडी ३१ पला,बेलुकी १० बजेर ३२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–शतभिषा,४९ घडी ५८ पला,रातको ०१ बजेर ५५ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–शूल,३९ घडी २१ पला,बेलुकी ०९ बजेर ४० मिनेट उप्रान्त गंड । करण– कौलव,बिहान १० बजेर ०५ मिनेट उप्रान्त तैतिल,बेलुकी १० बजेर ३२ मिनेट उप्रान्त गर । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५० मिनेट । दिनमान ३० घडी ४६ पला बिश्व हृदय दिवस । पञ्चक। प्रदोष व्रत ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दिगो तथा लामो समयसम्म फाईदा भईराख्ने व्यावसाय सञ्चालन गर्न सकिनेछ । पैत्रिक धन तथा अग्रजहरुको सम्पति प्रयोग गरि आम्दानि बढाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहकोछ । अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाईको सहयोगले सवारि साधन प्राप्त हुनेछ भने मनोकामना पुरा हुने समय रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यावसायिक यात्राले खर्च बढाउनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा समय दिएपनि नतिजा न्युन आउनेछ । दुर्गम स्थानमा यात्रा हुने तथा नोकरिमा स्थानान्तरणको सम्भावना रहेकोछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक तथा राजनीतिक काममा रुचि बढ्ने तथा राम्रा काम गरि नाम दाम दुवै कमाउन सकिनेछ । धार्मिक मनोबृति बढ्नेछ भने धार्मिक क्षेत्रसँग सम्बन्धित व्याक्तित्व हरुसँग भेटघाट हुनेछ । भाग्यले साथ दिने हुनाले सानो लगानि वा प्रयत्नले राम्रा काम गर्न सकिनेछ । कल्पना तथा तार्किक क्षमतामा बृद्धि हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कष्टभावमा गोचर गर्ने चन्द्रमाले खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । सामाजिक जिम्मेवारी प्राप्त भएपनि समयमा जिम्मेवारी वहन गर्न नसक्दा आलोचना हुनसक्छ । लामो समयदेखिको प्रेम सम्बन्ध टुट्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि रिसर्च पर्सनका लागि समय उत्तम रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
विलाशी तथा भौतिक बस्तुको पहिरनले व्याक्तित्वमा चमक आउनेछ । सवारि साधन तथा महंगा वस्तुहरुको प्रयोग मार्फन अरुको ध्यान तान्न सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापारकै सवालमा यात्रा हुने योग रहेकोछ । प्रेममा नजिक हुने समय रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समय मध्ययम रहेकोले सानो कामलाई पनि पुनह गर्नु पर्दा मन खिन्न हुनेछ । बिवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुनै हावी हुनेछन् । ऋण लाग्ने तथा उठ्नु पर्ने रुपैया पैसा समय नउठ्नाले व्यापारमा लगानी गर्ने अवसर गुम्नेछ । आफन्त तथा मावली पक्षसँग मनमुटाब सिर्जना हुने तथा मिलेर गरिरहेको काममा बाधा अवरोध सिर्जना नहोला भन्न सकिन्न ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाइ लेखाइमा फितलो उपस्थितिले गर्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि समस्या आउने हुँदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुनेछ । व्यापार व्यावसायमा लगानी गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । अदालति निर्णयहरु तपाइको पक्षम नआउन सक्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापारमा मन्दि आउने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । राजनीतिमा समर्थन भन्दा आलोचना सुन्नु पर्नेछ । सजक नबन्दा आफन्त टाडनेछन् भने अध्ययन तथा कामको शिलशिलामा यात्राको तय गर्नुपदा मन खिन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धी समस्याले सताउने । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चिनु पर्नेछ भने आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा विवाद चुलिन सक्छ ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाइ लेखाइमा प्रगति हुनेछ भने आफ्नो शिक्षा तथा ज्ञानलाई निखार्ने मौका मिल्नेछ । राम्रा तथा सुखद समाचारले काम गर्न प्रेरणा जुट्नेछ । आफन्त अग्रज तथा शुभचिन्तकको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापारमा लगानी गर्न सकिनेछ भने दिगो फाइदा हुने काममा हात हाल्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले बोलैरै धन सम्पती कमाउँन सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सुचना प्रविधीको प्रयोग गरि नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइका अलाव खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्तित्व सँग राय बाजिनेछ । विदेशी सामानको व्यापार व्यावसायबाट धन आर्जन गर्न सकिनेछ । अध्ययन वा कामको शिलशिलामा बिदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस