सुर्खेत- कमल बिसीको भर्खरै एसएलसी सकिएको थियो। पढेर खासै प्रगति नहुने भन्दै आफन्त र साथीभाइले विदेश जानुपर्ने सुझाव दिए। दाैंतरी र छिमेकी दाजुभाइ पनि विदेशमै थिए।
पढ्ने इच्छा भए पनि पैसा कमाउनैपर्ने अवस्था थियो। कारण म घरको जेठो छोरा हुँ। भेरीगंगा नगरपालिका–१३ रामघाटका बिसीले आफ्ना विगत सम्झिँदै भने, ‘एक वर्ष काठमाडौं बसेर कोरियाली भाषा सिके’, सन् २०१३ मा कोरियन भाषा परीक्षामा नाम पनि निस्कियो।’
भाषाको नतिजा आएदेखि कति बेला कोरियाको भिसा आउला जस्तो लाग्थ्यो। एकातिर काठमाडौं बस्दा लागेको खर्च अर्कातिर कोरिया जान लाग्ने ऋण काडेको लामो समय भयो। जतिजति समय बित्दै गयो त्यति नै मनमा कोरियाको भिसा लागेन भने के गर्ने भन्ने चिन्ताले सतायो।
लामो समयसम्म कोरिया उड्ने दिन नआएपछि त्यसको विकल्प खोज्न थाले उनी। त्यत्तिकैमा केही आफन्तले इन्डियन आर्मीमा भर्ती हुन सुझाव दिए। आखिर कोरिया गए पनि आर्मी भए पनि लक्ष्य त पैसा कमाउनु थियो।
नाम निस्केको एक वर्ष बितिसक्दा पनि कोरिया उड्ने दिन नआएपछि बाँकी एक वर्षसम्म इन्डियन आर्मीका लागि प्रयास गरे। भाग्यमा इन्डियन आर्मी पनि लेखेको रहेनछ। कोरियाको भिसा आएकै समयमा इन्डियन आर्मीको अन्तिम परीक्षामा सामेल थिए।
इन्डियन आर्मी हुने आसमा कोरियाको भिसा त्यागेका उनले अन्तः इन्डियन आर्मी बन्न पनि चुके। उनी भन्छन्, ‘मनमा निरासाको भारी थियो तर हिम्मत हारेको थिइनँ। पैसा कमाउने धोको पूरा नभए पनि पढाइ सफल भएकै थियो।
२०७३ सालतिरको कुरा हो। केही आफन्तहरुले गाउँमै बाख्रापालन गर्न सल्लाह दिए। कतिले त २/४ लाख ऋण पनि दिए। दोधारै–दोधारमा ७ लाख रुपैयाँमा २ वटा बोयर जातका बाख्रा खरिद गरे। सात लाख खर्चिएर ल्याएका बाख्रा घर आउन नपाउँदै कोरियाको भिसा लागेको जानकारी पनि आयो। तत्काल कोरिया उड्ने परिस्थति बनेन। कारण बाख्रामा सात लाख लगानी भइसकेको थियो।
समय वित्दै जाँदा बाख्राको आम्दानी पनि बढ्दै गयो । अनि कहिले विदेश नजाने कसम खाएर कोरियाको भिसा थन्काए। दुर्ईवटा बोयरबाट सुरु गरेको अहिले ५३ वटा पुगेका छन्।
तीन वर्ष अवधिमा झन्डै ३० लाखभन्दा बढी बाख्रामा लगानी भयो। ‘२५ वसन्त आफ्नो मोटोमा बिते, अब त विदेश जाने रहर पनि मरिसक्यो’, कमलले अडान दोहोर्याए, ‘वार्षिक १० लाख रुपैयाँ जति आम्दानी भएकै छ, जे गर्छु नेपालमै गर्छु।’-नेपाल समय
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस