वि.सं.२०७७ साल असोज १२ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–द्वादशी,३९ घडी ३५ पला,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–धनिष्ठा,४६ घडी २३ पला,रातको १२ बजेर २८ मिनेट उप्रान्त शतभिषा । योग–धृति,४० घडी ३१ पला,बेलुकी १० बजेर ०८ मिनेट उप्रान्त शूल । करण– बव,बिहान ०९ बजेर ३४ मिनेट उप्रान्त बालव,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–मकर,बिहान ११ बजेर ५६ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५१ मिनेट । दिनमान ३० घडी ५० पला । धनिष्ठा पञ्चक आरम्भ । रेबिज बिरुद्धको दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरि सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बित्तिय क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिहानको समय राम्रो रहेकोले धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा चासो बढ्ने तथा छोटो दुरिको यात्राको तय हुनेछ । अध्ययनमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईँकोे नाम आउनेछ । मध्यान्हबाट सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । आर्थिक व्यावस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
धार्मिक तथा अध्यात्मिक चेतानाले समाजसेवामा मन जागृत हुनेछ । लामो दुरिको धार्मिक यात्रा हुनेछ । सरकारी क्षेत्रमा बसेर सेवा प्रबाह गर्नेहरुले समयमा तपाईको काम गर्दिनाले अन्य काममा हात हाल्न सकिनेछ । खोजीमुलक क्षेत्रमा समय खर्चिए भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि बढाई धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिहानको समय राम्रो रहेकोले बिद्या तथा खोजमुलक क्षेत्रमा चासो बढ्नाले भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाइकै पक्षमा हुनेछन् । आफन्त तथा मामा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला । यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर यात्रा नहोला भन्न सकिन्न ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । मध्यान्हबाट विवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु भन्दा पछी परिने चिन्ताले सताउँनेछ । न्यालयबाट हुने न्याय सम्पादन तपाईँको पक्षमा नहुन सक्छ । आफन्त तथा मामा मावली पक्षसँग मनमुटाव सिर्जना हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाइ लेखाइमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन सकिनेछ । वौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानि बढाउदा मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भागलिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाईमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिहानको समय राम्रो रहेकोले व्यापारमा बृद्धि हुनेछ । कुटुम्बसँगको सम्बन्धमा थप प्रगाडता थपिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले दाजुभाई,आफन्त तथा छिमेकीसँगको सम्बन्धमा चिसोपनाको बिकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । लेखन तथा साहित्यमा बाकि रहेको काम थाति रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथिभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडिहरुका लागि समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनीति तथा समाजसेवामा जनताको कामगरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । राम्रो काम गरि परिवार तथा समाजमा गुमेको साख फिर्ता गर्ने समय रहेकोछ । अध्ययनमा समय लगानी गर्ने बिद्यार्थीहरुका लागि समय उत्तम रहेकोछ । व्यापारी,उद्योगी तथा कलाकारिता क्षेत्रमा समय खर्चनेहरुका लागी समयले राम्रा अवसर प्रदान गर्नेछ । प्रेममा नजिक हुन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिहानको समय राम्रो रहेकोले प्राकृतिक स्रोत साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित कामबाट भनेजस्तो लाभ लिन सकिनेछ । बिदेशि लगानिबाट सञ्चालित सस्थाहरुमा सहभागि भई काम गर्ने अवसर आउनेछ । मध्यान्हबाट स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ध्यान लिनुहोला । आफन्त तथा अग्र्रज ब्याक्तित्व हरुसँग सैद्धान्तिक राय बाजिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस