सोल-उत्तर कोरियाले दक्षिण कोरियालाई दुई देशको पश्चिमि सीमाक्षेत्रमा कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको छ । उत्तर कोरियाले दक्षिण कोरियाली सरकारी कर्मचारीको गोली हानी हत्या गरे पश्चात उनको मृत शरिर खोज्न सीमा क्षेत्रमा दक्षिण कोरियाले गतिविधि बढाएको छ ।
उत्तर कोरियाले भने आफ्नो जल सीमा भित्र उनको मृत्यु भएका कारण आफैले उनको शरिर खोजी गरि भेटिएमा दक्षिण कोरियालाई हस्तान्तरण गर्ने बताएको छ ।
केहि दिन पहिले उत्तर कोरियाले आफ्ना एक ४७ बर्षिय कर्मचारीको हत्या गरि मृत शरिर जलाएको आरोल लगाउदै उनको मृत शरिरको खोजी तीब्र बनाएको छ भने उत्तर कोरियाले भने आफ्नो सीमा क्षेत्रमा प्रवेश गरेका कारण उनीमाथि गोली चलाइएको र त्यस पश्चात उनी बेपत्ता भएको दावी गरेको छ ।
उत्त घटना पश्चात उत्तर कोरियाले आफ्नो आधिकारिक धारण सार्वजनिक गर्दै आफू आफ्नो देशको सीमा रक्षाका लागि हमेसा तत्पर रहेको तथा अन्य तत्वको कुनै प्रकारको दमन सह्य नहुने बताउँदै त्यस्ता गतिविधि नगर्न दक्षिण कोरियालाई चेतावनी समेत दिएको छ ।
उत्तर कोरियाली सरकारी समाचार माध्यम केसिएनएका अनुसार पछिल्ला दिनहरुमा दक्षिण कोरियाली सैनिकहरु युद्धपोत सहित येल्लो सी (पहेँलो समुद्र) आसपास गतिविधि गरिरहेको बताउदै त्यसबाट उत्पन्न परिस्थितिको सामना दक्षिण स्वयंले गर्नु पर्ने समेत बताएको छ ।
उत्तर कोरियाले भनेको छ —पछिल्ला दिनहरुमा दक्षिण कोरियाद्वारा सीमा क्षेत्रमा भइरहेका सम्पुर्ण गतिविधिहरु तत्काल बन्द गरियोस् अन्यथा उत्पन्न परिस्थितिको सामना गर्न तयार रहोस् । उत्तर कोरियाले उनको मृत शरिरको खोजी गर्ने समेत बताएको छ र यदि पाइएमा प्रकृया पुरा गरेर हस्तान्तरण गरिने समेत बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस