काठमाडौं-कोरोना महामारीका कारण अन्य व्यवसाय धराशयी बन्दै गएको पनि मोबाइलको बजार भने चम्किएको छ । चालू आर्थिक वर्षको पहिलो २ महीनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा भन्दा मोबाइलको आयात निकै बढेको छ ।
मोबाइलको माग बढेका कारण सबैभन्दा बढी आयात हुने डिजेल/पेट्रोललाई उछिन्दै मोबाइलको आयात पहिलो नम्बरमा उक्लिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा रू. ७ अर्ब ९४ करोडको मोबाइल आयात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा रू. २ अर्ब ८४ करोडले बढी हो । यस अवधिमा अन्य बेला सबैभन्दा बढी आयात हुने डिजेल/पेट्रोलको आयात भने रू. ५ अर्ब ५ करोड मात्रै रहेको छ ।
नेपाल मोबाइल फोन आपूर्ति संघका अध्यक्ष एवम् सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता आईएमएस ग्रूपका कार्यकारी निर्देशक दीपक मल्होत्राका अनुसार बन्दाबन्दी अगाडि चोर बाटो हुँदै भित्रिने मोबाइलले बजारको ४० प्रतिशत अंश ओगटेको थियो । बन्दाबन्दीले अनधिकृत आयातको बाटो रोकिँदा आयात बढेको देखिएको उनले बताए ।
चोरी पैठारीको बजार शून्यमा झरेको र बन्दाबन्दीले अनलाइन कक्षा, भच्र्युल मिटिङ र मोबाइल फोन एवम् इन्टरनेट प्रयोगकर्ता बढेकाले मोबाइल ग्याजेटको माग बढेको उनी बताउँछन् ।
चोरबाटो हुँदै आउने मोबाइल फोनको हिसाब गर्दा अघिल्ला वर्षहरूमा पनि करीब यही बराबरको मोबाइल आयात हुने गरेको उनको भनाइ छ ।
‘सरकारले २०७५/७६ को बजेटबाट कर ७ प्रतिशतबाट बढाएर १६ प्रतिशतसम्म पुर्याएपछि चोरबाटो हुँदै भित्रिने मोबाइल फोनको संख्या बढेको थियो,’ उनले भने ।
चोर बाटोबाट मोबाइल भित्रिन रोकिए चालू आर्थिक वर्षमा ३० अर्बभन्दा बढीको मोबाइल फोन आयात हुने उनी बताउँछन् । गत आर्थिक वर्षमा नेपालमा रू. १८ अर्बको मोबाइल फोन आयात भएको थियो ।
विभागका अनुसार अघिल्लो आर्थिक वर्षको शुरूदेखि सुधारिँदै आएको वैदेशिक व्यापार घाटा यस वर्षको पहिलो २ महीनामा पनि १७ प्रतिशतले सुधार आएको छ ।
आयातमा आएको गिरावटका कारण निर्यात सामान्य बढे पनि वैदेशिक व्यापारघाटामा सुधार आएको देखिएको हो । चालू आवको पहिलो २ महीनामा नेपालले रू. १ खर्ब ७८ अर्बको सामान आयात गरेको छ, जुन गतवर्षको भन्दा २२ प्रतिशतले कम हो । यो समाचार आजको आर्थिक अभियानले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस