पाँचथर-भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोरोना महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी रहेको बताएका छन् ।
जिल्ला समन्वय समिति पाँचथरको चौथो जिल्ला सभालाई फिदिममा सम्बोधन गर्दै मन्त्री नेम्वाङले जनताको सपना पूरा गर्न महामारीको कठिनाईसँग जुध्दै समृद्ध मुलुक निर्माणका कार्यहरु जारी रहेको बताए ।
‘ठूला पूर्वाधारका आयोजना द्रुत गतिमा अघि बढाउनुका साथै सेवा प्रवाहका क्षेत्रलाई चुस्त पार्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षा पूरा गर्न सरकार लागि परेको छ’ , मन्त्री नेम्वाङले भने ।
जनताका आकांक्षालाई सरकारले सम्बोधन गर्ने विश्वास दिलाउँदै जनता निराश हुनुपर्ने अवस्था नरहेको मन्त्री नेम्वाङको दावी थियो।
उनले महामारी नियन्त्रण, राष्ट्रिय स्वाधीनताको रक्षा र समृद्ध नेपाल निर्माण गर्ने यात्रामा सरकार हात्तीजस्तै लम्किरहेको दावी गरे ।
‘भएका समस्या सुल्झिन्छन् तर बहना बनाएर न सरकारी निकायले छुट पाउँछ न त निर्माण वयवसायीले नै’, मन्त्री नेम्वाङले भने , ‘हामी जनप्रतिनिधिलाई पनि जनताले हेरिरहेका छन् र अर्को चुनावमा दण्ड वा पुरस्कारको व्यवस्था गर्छन् ।’
धेरै विकास आयोजना अलपत्र भइरहेको आफूले सुनेको बताउँदै मन्त्री नेम्वाङले अब कुनै पनि निर्माण व्यवसायी र तालुकदार निकायले छुट नपाउने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस