सोल – दक्षिण कोरियाका एक सरकारी अधिकारीलाई उत्तर कोरियाले गोली हानी हत्या गरे पश्चात उनको शव जलाएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । गत हप्ताबाट हराइरहेका ती अधिकारीलाई उत्तर कोरियाले हत्या गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले पुष्टी गरेको हो ।
देशको पश्चिमी क्षेत्रको यीयोनप्योङ क्षेत्रमा ड्युटीमा रहेका ४७ बर्षिय उनलाई डुङ्गाबाटै पक्राउ गरेर हत्या गरिएको मन्त्रालयले जनाएको छ । समुद्र तथा माछा मन्त्रालयका कर्मचारी समेत रहेका उनी कामको सिलसिलामा उत्तर कोरियाली सीमा क्षेत्रमा पुगेका थिए ।
आफूलाई उत्तर कोरियाली अधिकारीले पक्राउ गर्ने कोशीस गरेपछि प्रतिकार गर्ने क्रममा उनलाई हत्या गरि घटनास्थलमा नै उनको शव जलाइएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण फैलन सक्ने आशंकामा उत्तर कोरियाले सीमा क्षेत्रमा ब्यापक कडाई गरिरहेको छ ।
पछिल्लो पटक आफ्नो सीमा क्षेत्रको एक किलोमिटर आसपासमा कोहीलाई देखेमा सिधै गोली हान्ने अधिकार उत्तर कोरियाली सिमामा तैनाथ सैनिकहरुलाई दिइएको छ । पछिल्लो उक्त घटना उत्तरको सोही निर्देशनकै परिणाम हुन सक्ने समेत मन्त्रालयले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस