भक्तपुर-तत्कालीन कटुन्जे गाउँविकास समिति हाल सूर्यविनायक नगरपालिका वडा नं. ५ र ६ स्थित सूवर्णेश्वर महादेव मन्दिर परिसर र सल्लाघारी क्षेत्रको १ सय ७४ रोपनी जमिन भक्तपुरका केही काँग्रेस नेताहरुले कमाईखाने भाँडोको रुपमा प्रयोग गर्ने गरि ०५४ सालमा सत्ताको आडमा भोगाधिकार लिएका थिए ।
सो १ सय ७४ रोपनी जमिन भित्र भक्तपुर जिल्लाकै चर्चित धार्मिक स्थल सुवर्णेश्वर मन्दिर, सूवर्णेश्वर खानेपानी आयोजनाको पानी ट्यान्की, सुवर्णेश्वर आधारभुत विद्यालय र युवाहरुले वर्षौदेखि प्रयोग गरेको बनाचउरको खेल मैदान समेत पर्दछ ।
उक्त जमिन २१ वर्षसम्म कुनै ठोस बजेट नराखी अलपत्र अवस्थामा राखियो । अहिले संघिय गणतन्त्र स्थापना पछाडि संघिय सरकार प्रदेश सरकार र नगरपालिकाले बजेट ब्यवस्थापन गरे पछाडी ।
गणेशमानको १३ फिटको सालिक कम्पाउण्ड वाल, फुट ट्र्याल, विश्राम स्थल समेत बनाउने काम भएको छ । यो सबै कामको बजेट ब्यवस्थापन गर्न भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेत, बागमती प्रदेश सांसद शसीजंग थापा र सूर्यविनायक नगरपालिकाका मेयर बसुदेब थापाले कुनै राजनैतिक पुर्वाग्रह बिना बजेट ब्यवस्थापन गर्नु भएको कुरा स्थानीय जनता अबगत छन् ।
सोही जग्गा काँग्रेस जिल्ला सभापती दुर्लभ थापा, स्थानीय नेता निशान ढुंगेल र पत्रकारिताको खोल ओडेर अनेक कमाउ धन्धा गर्दै आएका, आफ्ना भाइ भतिजाहरु लगाएर गुण्डागर्दी गर्दै आएका, बालकोटका नेता कबिर राणा समेत मिलेर शाख टोरस्टिलका संचालकहरुसँग साटगाँट गरि ५० वर्षसम्म ५ तारे होटल बनाउने योजना साथ अबैधानिक सम्झौता गर्ने काम गरे ।
स्थानीय जनता र सर्वदलिय संयन्त्रको व्यापक बिरोधका कारण उक्त योजना असफल भएको थियो । उक्त जग्गा मिलाउन सहयोग गर्दछु र राष्ट्रिय सभामा मनोनित गर्दिन्छु भनेर शाख स्टिलका संचालक गणेश बहादुर शाखसँग कबिर राणाले ५० लाख लिएका र दुबै काम हुन नसके पछि अहिले गणेश साखसँग भागेर हिडने र उनको फोन समेत उठाउन छाडेका कुरा शाख स्टिलमा मेनेजरका रुपमा काम गर्दै आएका एक कांग्रेसकै कर्मचारीले बताएका छन् ।
गणेश शाखको लभ्ली कार्पेटको भवन र जग्गा निर्माणाधीन हनुमन्ते कोरिडरको मापदण्डमा भित्र पर्दछ । कबिर राणाले उक्त कारखाना नभत्काइ जग्गा बचाइदिने आश्वासन दिएर उक्त ५० लाख पचाउने दाउ बनाएर बसेको उक्त कर्मचारीले बताएका छन् । राणा तिनै हुन लोकतन्त्रको दुहाई दिने प्रत्यक निर्वाचनमा उनको घर नजिकको गणेश प्रावि बुथ कब्जा गर्ने, आफ्नै भाइ भतिजा, गुण्डा र माफिया प्रयोग गरेर हनुमन्ते नदि उकाशको ५४ रोपनी जग्गा जगनाथ आचार्य पत्नि बिमली उपाध्यायको नाममा दर्ता काण्ड, कमेरेटार प्लानिङ्गमा १८ करिड अपचलन काण्ड, इ बिटिङ्ग प्रक्रिया सुरु नहुन्जेल भक्तपुरका प्रत्यक ठेक्का कब्जा गरेर कमिशन उठाउने काण्ड,भक्तपुरका बालुवा खानी काण्ड जस्ता अनेक कांग्रेस सत्ता र पत्रकारको खोलमा चलाउदै आएका काण्डका नायक हुन् ।
भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपन केन्द्र बर्षमा २ सय भन्दा बढी गरिब जनताको मृगौला प्रत्यारोपन गरेर भारत लगाएत देशमा जाने अरबौ रकम बचाउँदै आएको छ । तत्कालिन डाइरेक्टर डा. पुकार श्रेष्ठ समेतको टिमले निकै मिहेनत गरेको छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उहाँ आफै पनि मृगौला ट्रान्सप्लान्ट गरेको कारण उक्त अस्पताललाई पुर्वाधार र सक्षम बनाई केन्द्रीय स्तरको मानव अंग प्रत्यारोपन केन्द्र निर्माण गर्ने प्रक्रिया सुरु गर्न र डी पी आर निर्माण गर्न ८५ करोड बजेट नेपाल सरकार स्वास्थ्य मन्त्रालयले छुट्टायो ।
त्यसपछि अहिले अस्पताल संचालन भएको भक्तपुर अस्पतालले उपलब्ध गराएको जमिन अपुग भएकोले डा. पुकार श्रेष्ठले एउटा समिति बनाएर जग्गा खोज्ने खोज्ने प्रक्रिया सुरु भयो ।
चाँगुनारायण नपाको बागेश्वरी, दुवाकोट, मध्यपुरको बोडे निलबाराही क्षेत्र र सूर्यविनायक नपाको राउतगाँउ एरियाको अबलोकन समेत गरिएको छ । त्यस मध्ये सबै भन्दा उपयुक्त जमिन सूवर्णेश्वर राउतगाउँको हो भन्ने निर्क्योल भएपछी तत्कालिन स्वास्थ राज्यमन्त्री डा सुरेन्द्र यादव, सांसद महेश बस्नेत, सूनपा मेयर बासुदेब थापा, कांग्रेस सभापती दुर्लभ थापा र वडा अध्यक्ष राजकुमार जोशी र रामेश्वर धोजु र स्थानीय जनताको पटक पटकको भेला र छलफल पछि सबैको सहमतिमा उक्त जग्गामा लगभग सहमति भएको हो डा. पुकार श्रेष्ठले बताउनु भयो ।
जब पुकार श्रेष्ठको सरुवा भएर उक्त स्थानमा डा. प्रेम ज्ञवालीले उक्त प्रक्रिया अगाडि बढाउनुभयो । वडा नं. ५ नगरपालिकाको सिफारिसमा जग्गा अस्पताललाई दिने प्रक्रिया सुरु गरेको कुरा डा. ज्ञवालीले बताउनु भयो ।
‘पटक पटक दुर्लभ थापा र बाटिकाको पदाधिकारीको सहमतिमा उक्त जग्गा बाटिकाको क्षेत्र भन्दा बाहिर हात्ती गौडाँबाट किवाचोक जाने बाटोको पश्चिम, राउत गाउँ पूर्व र पानीको डिपबोरिङ्ग गरेको खोल्साको उत्तरको करिब २८ रोपनी जग्गा हामीले सिफारिस गरेका हौं । उक्त सिफारिसमा सबैको भद्र सहमती हो अहिले केही विकास विरोधी साथीहरूको राजनैतिक आग्रहमा केही बिरोधका श्वोर सुनिन थालेको छ’ वडाध्यक्ष राजकुमार जोशीले बताउनुभयो ।
त्यस्तै मेयर थापालाई हामीले सम्पर्क गर्दा उहाँ भन्नू हुन्छ, ‘भक्तपुरमा कसैको हर्ट अट्याक (हृदयघात) भयो भने कोटेश्वरको जामले ज्यान गुमाउनु पर्दछ । क्याथल्याब सहितको कारडियो सेवा समेत हुने भएको र अहिले नै मृगौला, कलेजो फेर्ने भएकोले यो भक्तपुरको जनताको लागि निकैनै उपयोगी हुने भएकाले हामीले सहमतिमा जग्गा उपलब्ध गराएका हौं । स्थानीयले विशेष छुट र सुबिधा सहित साधारण र विशेषज्ञ उपचार पाउने र स्थानीयले रोजगारी समेत पाउने भएकोले यो धेरै उपयोगी योजना हो । हामीले सहयोग नगरे यो भक्तपुर जिल्ला बाहिर पनि जान सक्छ । तसर्थ विवाद नगरी सबै मिलेर अस्पताल बनाउन सहयोगको आह्वान गर्दछु ।’
नेपाल सरकारले बिगतमा पहुँच र शक्तिको भरमा ४ सय भन्दा बढी संस्थाले हजारौं रोपनी जग्गा भोगाधिकार दिएको देखिन्छ । उक्त प्रकृयालाई अहिले नियमन गर्न वर्तमान सरकारले जग्गा लिज कार्यनीति ल्याएको छ र सबै जमिन नियमन गरिरहेको छ । सबै संस्थाको भोगाधिकार अहिले समाप्त भएको छ ।
पुनः जग्गा भाडा लिन आउन सरकारले गरेको आव्हानले धेरै संस्थाले बेवास्ता गरेका छन् । अझै पनि उक्त प्रक्रियामा सहभागी भएर जामिन लिजमा लिन सम्बन्धित संस्था लाग्ने स्थिती बनाउ सरकारले पुन केही निर्णय गर्न सक्छ । भुमिसुधार मन्त्रालयका अधिकृत सहदेब घिमिरेले बताए । हामीले उक्त विषयमा जिज्ञासा राख्दा उक्त क्षेत्रका सांसद महेश बस्नेतले भन्नुभयो, ‘केही काँग्रेसका लाउकेहरुले संचालन गरेको अनलाईन मिडियाले मेरो विरुद्ध गरेको शृङ्खलाबद्ध कुप्रचार हो ।
भक्तपुरमा राष्ट्रिय स्तरको वीर अस्पताल मानव अंग प्रत्यापन केन्द्र टी बी तथा छाती रोग अस्पताल, क्यान्सार अस्पताल बन्नु आफैमा गौरवको कुरा हो । यहाँ विकासबाट स्थानीय जनता र सबै दल आबद्ध साथीहरू खुसी छन् । केही भ्रष्ट र अपराधीक मनोवृत्तिका मान्छेहरु जस्ले आफ्नो सत्ता हुँदा असंख्य निजि लाभ लिएका छन् र सार्वजनिक हित र जनसेवामा सिन्को भाँचेका छैनन् । आफ्नो राजनैतिक भविष्य अलपत्र पर्यो भन्ने ठानेका छन् । तिनीहरु बिचलित भएर ज्यान फालेर मेरो विरुद्ध लागेका छन् । यहाँका जनताले सबै बुजेका छन् । जनता न्यायमुर्ती हुन् । त्यहाँ अस्पताल बनाउँदा ठिक कि बेठिक छुट्टाउने छन् । कसैको षड्यन्त्रले केही हुने वाला छैन ।’
लिन आउन सरकारले गरेको आव्हानले धेरै संस्थाले बेवास्ता गरेका छन । ‘अझै पनि उक्त प्रक्रियामा सहभागी भएर जामिन लिजमा लिन सम्बन्धित संस्था लाग्ने स्थिती बनाउ सरकारले पुन केही निर्णय गर्न सक्छ ।’ भुमिसुधार मन्त्रालयका अधिकृत सहदेब घिमेरेले बताउनुभयो ।
हामीले उक्त विषयमा जिज्ञासा राख्दा उक्त क्षेत्रका सांसद महेश बस्नेतले भन्नुभयो, ‘केही काँग्रेसका लाउकेहरुले संचालन गरेको अन्लाइन मिडियाले मेरो विरुद्ध गरेको शृङ्खलाबद्ध कुप्रचार हो ।
भक्तपुरमा राष्ट्रिय स्तरको वीर अस्पताल मानव अंग प्रत्यापन केन्द्र टी बी तथा छाती रोग अस्पताल, क्यान्सार अस्पताल बन्नु आफैमा गौरव को कुरा हो । यहाँ विकासबाट स्थानीय जनता र सबै दल आबद्ध साथीहरू खुसी छन् । केही भ्रष्ट र अपराधीक मनोवृत्तिका मान्छेहरु जस्ले आफ्नो सत्ता हुँदा असंख्य निजि लाभ लिएका छन र सार्वजनिक हित र जनसेवामा सिन्को भाँचेका छैनन । आफ्नो राजनैतिक भविष्य अलपत्र पर्यो भन्ने ठानेका छन् । तिनीहरु बिचलित भएर ज्यान फालेर मेरो विरुद्ध लागेका छन् । यहाँका जनताले सबै बुजेका छन जनता न्यायमुर्ती हुन त्यहाँ अस्पताल बनाउँदा ठिक कि बेठिक छुट्टाउने छन् । कसैको षड्यन्त्रले केही हुने वाला छैन ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस