टोकियो – जापानमा ज्येष्ठ नागरिकको संख्या ३ करोड ६१ लाख भन्दा बढी पुगेको छ । सरकारी तथ्याङ्कका अनुसार यस बर्ष गत बर्षको भन्दा ३ लाख बढी ज्येष्ठ नागरिकको संख्या पुगेको छ । जापानमा ६५ बर्ष माथिलाई ज्येष्ठ नागरिक भनिन्छ ।
ज्येष्ठ नागरिक दिवसका अवसरमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशको कुल जनसंख्याको २८.७ प्रतिशत ज्येष्ठ नागरिक रहेका छन् जुन गत बर्षको भन्दा ०.३ प्रतिशत बढी हो ।
जापान पश्चात इटलीमा २३.३ प्रतिशत ज्येष्ठ नागरिक रहेको तथा पोर्चुगलमा २२.८ प्रतिशत ज्येष्ठ नागरिक रहेको समाचारमा जनाइएको छ । जापानको एक अनुसन्धानले सन् २०४० सम्ममा ज्येष्ठ नागरिकको संख्या कुल जनसंख्याको ३५ प्रतिशत पुग्ने समेत बताएको छ ।
मन्त्रालयका अाुसार ६५ बर्ष भन्दा माथिका पुरुषहरुको संख्या कुल जनसंख्या १ करोड ५७ लाख ३० हजार बढी रहेको छ भने महिलाको संख्या २ करोड ४ लाख ४० हजार बढी रहेको छ । जापानमा ८९ लाख बढी ज्येष्ठ नागरिक रोजगारी गर्ने गरेको समेत मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस