काठमाडौं-पार्टीको अन्तरकलह साम्य बनाएपछि सत्तारुढ दल नेकपा नयाँ मन्त्रीको खोजी र संवैधानिक निकायलगायतमा राजनीतिक नियुक्तिको गृहकार्यमा जुटेको छ ।
आइतबारबाट सुरु भएको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनलाई मुख्य र त्यसपछि राजनीतिक नियुक्तिलाई दोस्रो एजेन्डा बनाएर नेकपाले अबको आफ्नो प्राथमिकता स्पष्ट गरेको छ । १३ संवैधानिक आयोगमध्ये विभिन्न ४१ पद रिक्त छन् ।
मन्त्रिपरिषद् पुनर्गठनका लागि विभिन्न मापदण्डमाथि छलफल भए पनि मूर्त हुन बाँकी छ । यद्यपि पार्टी बैठकमा उठेका नेताहरूले राखेका विकल्पसहितका सुझाबलाई ध्यान दिएर आवश्यकताअनुसार थप छलफलसमेत गरी पुनर्गठनसम्बन्धी निर्णय लिने जिम्मेवारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ ।
आइतबार मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डामा नेताहरूले धारणा राखे पनि अर्को बैठकमा दोस्रो एजेन्डा राजनीतिक नियुक्तिबारे छलफल हुनेछ ।
१० असारमा सुरु भई २६ भदौमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिबारे बनाएको सैद्धान्तिक मापदण्डलाई सचिवालय बैठकले मूर्तरूप दिनेछ । नेकपामा प्रतिनिधिसभा चुनाव हारेका, तर राष्ट्रिय सभा सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई पनि मन्त्रिमण्डलमा सहभागी गराउने कोसिस छ । आइतबार पनि यी दुई नेतालाई सरकारमा पठाउने–नपठाउनेबारे छलफल भएको छ ।
नेकपाले मन्त्रिपरिषद् हेरफेर गरेर सरकारको कामलाई कोभिड– १९ महामारीले सिर्जना गरको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणापत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धताहरूको कार्यान्वयनजस्ता महत्वपूर्ण विषयमा केन्द्रित गर्ने निर्णय लिइसकेको छ ।
सरकारको काममा प्रश्न उठेपछि नेकपाले आधा कार्यकाल सकेको सरकार पुनर्गठनको गृहकार्य अगाडि बढाएको हो । नेकपाले पार्टी एकीकरणपछि पहिलोपटक केन्द्रीय सचिवालयमा संस्थागत छलफलमार्फत सरकार पुनर्गठनको गृहकार्य थालेको हो ।
पार्टी र सरकार सञ्चालनसम्बन्धी विवाद र असन्तुष्टि सम्बोधन स्थायी कमिटी बैठकले काम प्रभावकारी बनाउन सरकार पुनर्गठन गर्ने र संवैधानिक र राजनीतिक नियुक्ति पार्टीभित्रको आवश्यक छलफल र निष्कर्षका आधारमा गर्ने निर्णय लिएको थियो । त्यही निर्णयलाई संस्थागत विधिबाट टुंगो लगाउन नेकपाले सचिवालय बैठकमा एजेन्डा बनाएर छलफल गरेको हो । यो समाचार आजको नयाँ पत्रिकाले प्राथमिकता साथ छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस