वि.सं.२०७७ साल असोज ०४ गते । आईतबार । ईश्वी सन् २०२० सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–तृतीया,१० घडी २६ पला,बिहान ०९ बजेर ५८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–चित्रा,०० घडी ५५ पला,बिहान ०६ बजेर १३ मिनेट उप्रान्त स्वाती । योग–ऐन्द्र,२९ घडी १९ पला,बेलुकी ०५ बजेर ३५ मिनेट उप्रान्त वैधृति । करण–गर,बिहान ०९ बजेर ५८ मिनेट उप्रान्त वणिज,बेलुकी ०८ बजेर ४५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०० मिनेट । दिनमान ३० घडी २३ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँनयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । व्यावसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुँनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रियजन भेट हुनुको साथै आधित्यपुर्ण सम्मान पाईनेछ । पढ्ने लेख्नेकाममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागि देश विदेशको यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरु तपाईँ कै पक्षमा हुनेछन् । नोकरिमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
घरायसि प्रयोजनका लागि भोगबिलासका सामानहरुको खरिद गर्ने समय रहेकोछ । व्यापार व्यावसाय सामान्य गतिमा वृद्धि हुनेछ । उपाहारका रुपमा बिलाशी बस्तु हातलागि हुनेछ । प्रेम सम्बन्ध सुदृड हुने तथा छुट्टिएका सम्बन्ध पुनह सुचारु हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा अध्ययन कै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गरि आम्दानि बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमुलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाईने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरि नाम कमाउन सकिनेछ । कृषि तथा शहकारि पेशा व्यावसाय गर्नेहरुका लागि समयले साथ दिनेछ । राजनिति कर्मिका लागि आजको दिन उत्तम रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रबिधिको प्रयोग गरि आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समयले त्यति साथ नदिने हुनाले बाहिर गएर भोजन ग्रहण नगर्नुहोला वा खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । आफन्त तथा कुटुम्बसँग सन्तुलित व्यावहार गर्नुहोला । पढाइ लेखाइमा मन नजादा सफलता प्राप्त गर्न मुस्किल पर्नेछ । तरपनि गाएन तथा मोडलिङको क्षेत्रमा समय खर्चनेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
नयाँनयाँ कामको प्रस्ताव आउनेछ भने गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । खाजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरि ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । प्रेमील जोडिहरुका लागि समय उत्तम रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय उत्तम रहेकोले व्यापारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेशी समानमो व्यापार बाट भनेजस्तो लाभ लिन सकिनेछ । विदेशी लगानी बाट सञ्चालीत सस्थामा काम पाउँने गतिलो योग रहेकोछ । अध्ययनमा मन जाने तथा अध्ययन कै सवालमा यात्रा हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार व्यावसाय तथा अन्य क्षेत्रबाट मनग्गे धन आर्जन भएपनि खर्च बढिनै हुनाले व्यालेन्स बिग्रन सक्छ । दाजुभाई तथा आफन्तबिच सानो सानो कुरामा राय बाजनेछ । आटेको काम परिश्थितिबस ढिला हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेमा कुनै शंका छैन । पैत्रिक धन तथा सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला बिवाद हुन सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाईदा हुनेछ । कृर्तिमानि काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेकोछ । व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापारमा आज गरिने लगानिबाट भविश्यमा राम्रो नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । राजनितिज्ञको लागि जनताको काम गरि पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नसोचेको धन तथा सम्पति हात लागि हुने योग रहेकोछ । अग्रज,आफन्त तथा दिदिबहिनीबाट काममा तथा आर्थिक सहयोग पाईनेछ । खोजमुलक क्षेत्रमा चासो बढ्ने तथा लामो समय दिखि गरि आएको काम सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो समयको लागि पद प्राप्तीको योग रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस