चितवन – कोरोना सङ्क्रमण भई यहाँ उपचाररत दुई जनाको मृत्यु भएको छ । एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा सर्लाहीको हरिपुर गाउँपालिकाका ५५ वर्षीय पुरुषको आज बिहान १० बजे मृत्यु भएको हो । अस्पतालद्वारा जारी सूचनामा मिर्गाैलाको डायलासिस गरिरहेका उनको यही भदौ १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको खोकीसँगै स्वाशप्रस्वासमा समस्या देखिएपछि भदौ २३ गतेदेखि कोभिड–१९ सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसैगरी चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक सङ्क्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालका अनुसार नवलपुरको देवचुली नगरपालिका–११ निवासी ३१ वर्षीय पुरुषको बिहीबार राति १२ः१८ बजेको समयमा मृत्यु भएको हो ।
स्वासप्रस्वास र निमोनियाको समस्या भएपछि भदौ २५ गते अस्पताल भर्ना भएका उनको २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार गर्दा गर्दै मृत्यु भएको लम्सालले जानकारी दिनुभयो । हालसम्म जिल्लामा उपचारका क्रममा र घरमा गरी मृत्यु हुनेको सङ्ख्या २९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये चितवनका मात्र १७ जना रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस