इटहरी-पथरीकी रिना बस्नेत मृत्यु पछि पनि बद्नाम भईन । यस बारे इटहरिबाट सञ्चारपाटीले लामो तथ्य प्रकशित गरेको छ ।
एक साता अघि आफ्नै कोठा अगाडी नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेत विभिन्न कारणले बद्नाम हुन पुगिन ।युटुबमा उनका साथीहरुले रिनाको सबै भन्दा बढि बद्नाम गरे । वियर खाने देखि आनीबानी सम्मको कुराले मृत्यु पछि पनि सामाजिक सञ्जाल तथा अन्लाईनहरुमा बद्नाम हुन पुगिन । मादक पदार्थ खाएर श्रीमान विदेशमा हुदा हुदै अर्को सँग लागेको आरोप समेत लाग्यो । जसका कारण उनलाई मृत्यु पछि पनि गालि सामाजिक सञ्जालमा गालि गरिरहेका छन ।
श्रीमान हुदा हुदै अर्को केटा सँग लागेको भन्दै उनको सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी हुदै आएको छ । श्रीमान विदेशमा हुदा पनि लामो समय देखि सम्बन्ध राम्रो नभएको कारण पनि उनी मृत्यु पछि सर्वसाधरणको नजरमा नराम्रो भईन । अन्य समय पनि धेरै मादक पदार्थको लतमा पर्ने गरेको रिनालाई आफन्तहरुले पनि खासै राम्रो मान्दैन्थे ।
मादक पदार्थ धेरै खाने गरेको र आफ्नो श्रीमान सँग राम्रो सम्बन्ध नभएको कारण रिनाको बढि आलोचना भयो । लामो समय देखि कमल नेपाल सँग प्रेममा पदै आएको रिनाले श्रीमानलाई वेवस्ता गदै आएको थिईन । कमल नेपाल लामो समय देखि उनी सँग प्रेममा रहेको भन्दै श्रीमान सन्तोष वस्नेत पनि टाढिदै थिए । पथरीको रिना बस्नेत मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान यता न उता हुन पुगेको छ । मृत्यु भएको ७ दिन पुरा हुदा सम्म प्रहरीले दर्जन अनुसन्धान गरे पनि तथ्य भने बाहिर आउँन सकेको छैन । रिनाको मृत्यु जुन सुकै कारणले भएको भए पनि अनुसन्धान बाहिर आउँनु जरुरी छ ।
यस्तो छ पोष्टमार्टम रिपोर्ट
रिना बस्नेत तिनै हुन् जसको गएको शनिबार राती मृत्यु भएको थियो । रहस्यमय भनिएको उक्त मृत्यु बजारिएको चोटपटकका कारण भएको पोष्टमार्टम रिपोर्टमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेख गरेको छ । उक्त रिपोर्टपछि प्रहरी पनि करिब–करिब बस्नेत मृत्युलाई ‘दुर्घटना’ अथवा ‘आत्महत्या’को निष्कर्शमा पुग्न सक्छ ! पछिल्लो पटक सीसीटिभी फुटेजमा देखिएको ठेलागाडामा ‘लास जस्तै’ चिज ल्याएको भन्ने अनुसन्धान गर्दा बिहान तरकारी बिक्रेता भएको पुष्टि भएपछि प्रहरीसँग अनुसन्धानका अन्य कुनै पाटा देखिँदैनन् ।
रिना बस्नेत मृत्यु प्रकरणका विभिन्न पाटाबाट अनुसन्धान अझै हुन सक्लान् । तर, उनको मृत्यु प्रकरणले तीनवटा पक्षलाई सामाजिक रूपमा र मृत्युपछिको अड्कलबाजी पत्रकारिताको अनुहार पनि खुलाएको छ । अझ, भनौ रिना मृत्यु प्रकरण ‘पोष्ट म्यारिज अफेयरको मृत सबूत बन्यो ‘हतारकारिताको परिबन्ध’मा प्रहरी फस्यो ।
मिडियामा रिनाका १४ बर्षीय छोरा साइमनले दिएको अभिव्यक्ति, पक्राउ गरिएका रिनाका प्रेमी भनिएका कमल नेपालले प्रहरीमा दिएको बयान र वैदेशिक रोजगारीका क्रममा दुबईबाट घटनापश्चात फर्किएका रिनाका पति सन्तोष बस्नेतले दिएको बयानले यसलाई पुष्टि गर्छ । बेरोजगारीले परिवार कसरी भत्किँदैछ भन्ने प्रमाण पनि रिनाको मृत्यु प्रकरण हो । घटना अनुसन्धानका क्रममा खुलेका केही तथ्यले परिवारमा विचलन ल्याउने लक्षण यस्ता पनि हुन सक्छन् भन्ने संकेत पनि गरेको छ ।
रिना माथि उब्जीएको केहि तथ्य
पहिलो, रिना कसैको जन्मदिनको कार्यक्रममा छोरासहित सहभागी हुन पुगेकी थिइन् । त्यसपछि भएको सांगितिक कार्यक्रममा मदिरा पिएर रमाउन पुग्छिन् । घर फर्किँदा पनि मदिरासहित नै आउँछिन् । यसले के पुष्टि गर्छ भने वैदेशिक रोजगारमा पति विदेश हुँदा खुला समाजमा रमाउने पत्नी सामाजिक बन्धनबाट पाएको मुक्तिको अधिक प्रयोग गर्छिन् ।
दोस्रो, यहि प्रयोगका क्रममा उनको भेट अथवा कुराकानीको शीलशीला कमल नेपालसँग हुन्छ । यो कुराकानी भौतिक भेट गराउने माध्यम हुँदै प्रेम सम्बन्धसम्म झाँगिन्छ । यस्तो सम्बन्धमा खुसी, आवश्यकता, अनौपचारिकता र आवेग सबैको प्रयोग स्वभाविक बन्ने गरेका समाजका अन्य उदाहरण पनि छन् ।
तेस्रो, छोरासँग प्रेमीको भेट पनि गराएकी रहिछन् उनले । कसरी चिनाउने गर्थिन् त्यो अर्को पाटो भयो । तर, छोराले बयानमा भनेका छन ‘बाबुलाई यो सम्बन्धबारे भन्ने छुट थिएन । भन्ने कुरै आएन ।’समाजमा यो चरित्रको मृत प्रमाण रिना भइन् । तर, यो प्रतिनिधि उदाहरण हो । यस्ता सम्बन्धका अनेक आयाम अहिले पनि सहरोन्मुख ठाउँमा पर्याप्त हुन सक्छन् ।
चौथो, पनि सन्तोष बस्नेतले पत्नीको मृत्युपछि मात्र उनको प्रेम सम्बन्ध रहेको चाल पाएको बताएका छन् । ‘यस अघि थाहा थिएन, मृत्यु प्रकरणपछि विभिन्न पाटा खुले । यसै सन्दर्भमा थाहा पाएँ’, उनले भनेका छन् । रिनाका पति जस्तै विदेशमा रहेका कतिपय युवा यस्ता सम्बन्धका विविध पाटासँग जानकार हुँदैनन् । पारिवारिक आर्थिक व्ययभार र भविष्यका लागि जोहो गर्न परदेशीएका युवाका लागि यो ‘पीडादायी’ नमूना हुन सक्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस