काठमाडौं – नेपालमा हाम्रा घरखेत, खोल्साखाल्सी, जंगल जताततै पाइने तर वास्ता नगरेर मिल्किएको तितेपाती कोरोनाको विषाणुविरुद्ध निकै प्रभावी रहेको दावीहरु आउन थालेपछि यसको चर्चा चुलिएको हो ।
खासगरी गत अप्रिलमा पूर्वी अफ्रिकी मुलुक, मदागास्करले कोरोना भाइरसविरुद्ध यही तितेपातीलाई प्रयोग गरिरहेको घोषणा गरेपछि पूरै विश्वको ध्यान तानिएको हो । त्यहाँका राष्ट्रपति आफै ‘आर्टिमिसिया’ अर्थात् तितेपाती कोरोना भाइरसविरुद्ध प्रभावकारी हुन्छ भनेर प्रचारमा ओर्लिए ।
बीबीसीले यससम्बन्धमा बनाएको एक रिपोर्टमा विश्व स्वास्थ्य संगठन, डब्लूएचओले भने तितेपातीले कोरोनाका बिरामीलाई फाइदा पुग्ने त्यस्तो प्रमाण नभएको बताएको उल्लेख गरेको छ ।
एशिया क्षेत्रमा उत्पत्ति भए पनि अहिले संसारभर पाइने तितोपातीलाई चिनियाँहरुले दुई हजार वर्षदेखि नै परम्परागत औषधिका रुपमा प्रयोग गर्दै आएका थिए । चिनियाँहरुले ‘किनगाओ’ भन्ने यसलाई मलेरियामा, दुखाई कम गर्न, ज्वरो रोक्नलगायतका अनेकन रोगमा प्रयोग गर्दै आएका छन् ।
चिनियाँले त यसलाई मदिरायुक्त पेय पदार्थमा पनि मिसाउने गरेका छन् । हाल चीनमा परम्परागत औषधिमा आधारित रहेर यसमाथि अलग्गै अनुसन्धान नै गरिरहेको जनाइएको छ ।
तितेपातीले कोरोनाको विषाणुलाई निष्क्रिय पार्छ भन्ने वैज्ञानिक रुपमा पुष्टि नभए पनि मदागस्करका राष्ट्रपति एण्ड्री राजोलिनाले यसको परीक्षण गरिरहेको र कोभिडविरुद्ध यो अर्गानिक पेय पदार्थ प्रभावकारी भएको दाबी गरेपछि अरुको पनि ध्यान तानिएको हो ।
६० प्रतिशत तितेपाती रहेको बताइएको उक्त पेय पदार्थमा योबाहेक अरु केके प्रयोग गरिएको छ भन्नेचाहिँ खुलाइएको छैन । मदागस्करले त क्याप्सुल र सुइ लगाउन ‘सल्युसन’ उत्पादन थालेर ल्याब परीक्षण नै थालेको जनाएको छ ।
उता, जर्मनी र डेनमार्कका वैज्ञानिकले पनि ल्याबभित्र तितेपातीको बिरुवा अनुसन्धान गर्दा त्यसले कोरोना भाइरसविरुद्ध प्रभावकारीता देखाएको जनाएका थिए । तर त्यस अनुसन्धानमा अरु वैज्ञानिकले स्वतन्त्र विश्लेषण गरेका छैनन् । तितेपातीलाई इथानोल वा ‘डिस्टिल्ड वाटर’ मा मिसाउँदा यसले एन्टि–भाइरल गतिविधि देखाएको उनीहरुको अनुसन्धानमा उल्लेख थियो ।
यसमाथि मानव परीक्षणका लागि वैज्ञानिकहरुले अहिले युनिभर्सिटी अफ केन्टुकीसँगको सहकार्यमा काम गरिरहेको जनाइएको छ ।
दक्षिण अफ्रिकाका वैज्ञानिक पनि कोरानाविरुद्ध तितोपातीसहित विभिन्न बिरुवाले काम गर्छ कि गर्दैन भनेर ल्याब परीक्षणमा जुटेका छन् । यद्यपि, अनुसन्धानहरु निचोडमा पुग्न सकेका छैनन् ।
यसअघि मलेरियाविरुद्ध त यसले काम गर्ने पुष्टि भएको थियो । सन् १९७० मा चीनले मलेरियाविरुद्धको औषधि खोज गर्ने क्रममा सुकेको तितेपातीमा पहिलो पटक ‘आर्टेमिसिनिन’ नामक तत्वको गुण फेला पारेका थिए । जसलाई मलेरियाविरुद्ध प्रयोग गर्न डब्लूएचओले समेत अनुमति दिने गरेको छ ।
आवश्यकभन्दा बढी प्रयोग गर्दा भने शरीरलाई औषधि प्रतिरोधक बनाइदिने चेतावनी भने डब्लूएचओले दिएको बीबीसी जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस