काठमाडौं-प्रहरी संगठनभित्र के कसरी काम कारबाही सञ्चालन गर्ने भन्नेबारे आचार संहिता जारी गरिएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ आइतबार सार्वजनिक गरेका हुन् ।
सो कार्यादेशमा प्रहरी संगठनभित्र रहँदा पालना गर्नुपर्ने अनुशासन, सम्मान तथा आवश्यक नियमबारे उल्लेख गरिएको छ । कार्यादेश जारी गर्दै प्रहरी महानिरीक्षक थापा क्षत्रीले निर्माण भएका कार्यादेश र निर्देशिकाहरूले संगठनलाई सही मार्गमा लैजान दुरगामी रूपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।
‘कार्यादेश र निर्देशिकाले संगठनलाई सही मार्गमा लैजान दुरगामी रूपमा सकारात्मक असर पार्छ, यसले प्रहरीको छविलाई थप राम्रो बनाउन मद्दत गर्छ,’ कार्यादेश सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक थापा क्षत्रीले भने ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले प्रहरी संगठनभित्रको आचरण र व्यवहारका सन्दर्भमा आचारसंहितासम्बन्धी कार्यादेश जारी गरिएको र सो कार्यादेशले संगठनलाई अनुशासित र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास लिइएको बताए ।
‘प्रहरी संगठनभित्रको विभिन्न नियम पालनाका सन्दर्भमा आचारसंहितासम्बन्धी कार्यादेश जारी गरिएको हो । कार्यादेशले संगठनलाई अनुशासित र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास छ,’ प्रहरी प्रवक्ता कडायतले भने ।
कार्यादेशमा जनसम्पर्क तथा भेटघाटसम्बन्धी व्यवहार, अनुशासन र भाइचारा, कानुनको पालना, सञ्चार माध्यमसँगको सम्बन्ध, पोसाकप्रतिको व्यवहार, राष्ट्रिय झन्डाप्रतिको सम्मान, सलामीसम्बन्धी व्यवस्था र सम्मान तथा भान्छामा गरिनुपर्ने व्यवहारलगायतलाई स्पष्ट पारिएको छ ।
कार्यक्रममा महानिरीक्षक क्षत्रीले प्रहरी संगठनमा व्यावसायिकता नै मुख्य भएकाले सडकमा समेत व्यावसायिकता देखिने गरी काम गर्न उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिए ।
उनले विश्व महामारीका रूपमा रहेको कोभिड–१९ लाई सबैको साझा शत्रुका रूपमा लिएर नियन्त्रणमा एक भएर लाग्नुपर्नेमा समेत जोड दिए । कार्यक्रममा उनले नेपाल प्रहरी कार्ययोजना २०७७ को इमप्लिमेन्टेनसन ट्र्याकिङ सफ्टवेयरको समेत शुभारम्भ गरेका छन् ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस