काठमाडौं – अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गत साउन २६ गतेदेखि बन्द भएको सेवा आजदेखि शुरु भएको हो ।
राहदानी सेवा पुनः सञ्चालन गरेसँगै विभागले गत चैत ८ गतेसम्म राहदानी नियमित भएका विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान शुरु भएको मितिले १५ दिनभित्र स्वदेश फर्कने भएमा निःशुल्क राहदानी प्रदान गरिने जनाइएको छ । विभागको अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र सिमानाका अध्यागमन कार्यालयबाट निःशुल्क राहदानी नियमित गरी प्रस्थान गराइने विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार चैत ८ गतेसम्म पर्यटक राहदानी नियमित भएका तथा विभिन्न कारणले उडान सञ्चालन भए तापनि आफ्नो मुलुक फिर्ता हुन सक्ने विदेशी मङ्सिर मसान्तसम्म नियमानुसार राहदानी शुल्क लिएर पर्यटक राहदानी नियमित गर्ने तयारी भएको छ ।
पर्यटक राहदानी वा अन्य राहदानी रुपान्तरण गर्न चाहनेहरुले १५ दिनभित्र जरिवाना शुल्क र विलम्ब शुल्क नलिई निःशुल्क राहदानी नवीकरण हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चैत ८ गतेसम्म पर्यटक राहदानी नियमित भएका पर्यटकले पाँच महिनाका अवधिसम्म गत चैत ८ देखि साउन ३० गतेसम्म १५० दिन निःशुल्क राहदानी बसे तापनि साउन ३० गतेपछि मङ्सिरसम्म शुल्क तिरेर सेवा नियमित गर्न सक्नेछन् ।
अध्यागमन विभाग कालिकास्थानबाट मात्र हुँदै आएको गैरआवासीय नेपाली तथा गैरपर्यटक नाता राहदानी अब झापा र पोखराबाट समेत वितरण हुने भएको छ । अध्यागमन कार्यालय काँकारभिट्टा झापा र पोखरा कास्कीबाट राहदानी तथा नवीकरणसम्बन्धी सेवा प्रवाह हुने निर्देशक तिवारीले जनाकारी दिनुभयो । उहाँका अनुसार सीमित मात्रामा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन भएसँगै केही कर्मचारीबाट दैनिक सेवा प्रवाह भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस