काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा खसेको भेल–पहिराबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले पहिरामा परेर हराइरहेकाको खोजी प्रभावकारी बनाउँदै राहतमा जुट्न सबैमा आह्वान गर्नुभएको छ ।
‘दुःखद क्षणमा पहिरामा बेपत्ताको खोजी, उद्धार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासहित सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु’, अध्यक्ष दाहालद्वारा आज जारी शोक वक्तव्यमा उल्लेख छ । उक्त पहिरामा परेका नौ जनाको शव फेला परेको छ । अन्य २२ जना हराइरहेका छन् । पहिराले १९ घर पुरिनाका साथै २२२ घर उच्च जोखिममा रहेको जनाइएको छ ।
सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानमा केही महिनादेखि पहिराबाट निरन्तर रुपमा धनजनको क्षति भइरहेको छ । यस्ता पहिरो जाने सम्भावित स्थानको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकको स्थानान्तरण गर्नसमेत उहाँले आग्रह गर्नुभएको छ । उहाँले वक्तव्यमा भन्नुभएको छ, ‘उनीहरुलाई वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछु ।’ अध्यक्ष दाहालले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस