सोल – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले समुद्री आँधी प्रभावित क्षेत्र उत्तरी ह्वाङ्हाई क्षेत्रको दोश्रो पटक अवलोकन भ्रमण गरेका छन् ।
उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएका अनुसार उनले दिएको पुनर्निर्माणको निर्देशन पश्चातका प्रगति बुझ्न त्यस क्षेत्रको भ्रमण गरेका हुन् ।
उम्फा क्षेत्रको बाढी अति प्रभावित तिचोङ-री क्षेत्रमा एक महिना भित्र दोश्रो पटक भ्रमण गर्दै निर्माण प्रगति तथा आगामी योजनाबारे किमले अवलोकन गरेका हुन् ।
आँधी पश्चात आएको बाढीका कारण ९०० बढी घर तथा ६०० हेक्टर क्षेत्रमा लगाइएको धानबाली नष्ट भएपछि किम उक्त क्षेत्रको पुनर्निर्माण प्रति बढी संवेदनशील देखिएका हुन् ।
केसिएनएका अनुसार अघिल्लो भ्रमणमा निकै रुष्ट बनेका किम पुनर्निर्माण प्रगति देखेर भने खुसी भएका छन् । भ्रमणका क्रममा किमले उक्त क्षेत्रमा मजबुत पुनर्निर्माण गर्न भनेका छन् ।
किमको यो भ्रमण उनले जनताप्रति देखाएको सद्भाव तथा सम्मान भएको केसिएनएले टिप्पणी गरेको छ ।
यो क्षेत्रमा यस महिनामा मात्र ३ वटा समुद्री आँधी आइसकेका छन् भने आँधी र आधीकै कारण आएको बाढीका कारण जनजीवन कष्टकर बनेको छ । समाचार अनुसार उक्त क्षेत्र उत्तर कोरियाको प्रमुख धान उत्पादन हुने क्षेत्र हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस