काठमाडौं-धान रोप्ने वेलामा युरिया मल ल्याउने सम्झौता गरेका दुई ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले धान गोड्ने वेलासम्म मल नल्याएपछि सम्झौता खारेज गरिएको समाचार आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ।
समाचार अनुसार कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रप्रसाद भण्डारीका अनुसार मल ल्याउने अन्तिम म्याद २० भदौसम्म दुवै कम्पनीले मल ल्याउन नसकेपछि सम्झौता राखेज गर्दै जमानतसमेत जफत गरिएको छ । माओवादीनिकट ठेकेदार शारदाप्रसाद अधिकारी तथा कांग्रेसनिकट ठेकेदार हुमनाथ कोइरालाका दुई कम्पनीलाई कालोसूचीसमेत राखिने भण्डारीले बताए ।
शैलुङ र होनिको दुवै कम्पनीले २५–२५ हजार टन युरिया आयातका लागि कृषि सामग्री कम्पनीबाट गत फागुनमै ठेक्का पाएका थिए ।
उनीहरूले २० भदौसम्म सबै युरिया आयात गर्ने सम्झौता गरे पनि एक बोरा मल नल्याएर धानखेती गरेका किसानलाई चरम दुःख दिएका छन् ।
दुवै कम्पनीले समय थप गर्न निवेदन दिए पनि मलको हाहाकार बनाएर सरकारी निकायलाई नै अप्ठ्यारो स्थितिमा पु¥याएको निष्कर्षसहित कारबाहीस्वरूप सम्झौता खारेज गरी जमानत रकमसमेत जफत गरिएको कृषि सामग्रीले जनाएको छ ।
कम्पनीका अनुसार कुल अनुमानित रकमको पाँच प्रतिशत जमानतबापत राख्नुपर्ने प्रावधान छ । कृषि सामग्रीका प्रवक्ता विष्णु पोख्रेलका अनुसार होनिकोले तीन लाख ८७ हजार तीन सय ७५ डलर र शैलुङले चार लाख चार सय दुई डलर जमानतबापत जम्मा गराएका थिए । एक डलरबराबर औसतमा १२० रुपैयाँले गणना गर्ने हो भने दुवै कम्पनीबाट नौ करोड ४५ लाख रुपैयाँ जफत भएको छ, जुन राज्यकोषमा जम्मा हुनेछ ।
समयमै मल नल्याई धान उत्पादनमा असहयोग गरेकाले उनीहरूलाई क्षतिपूर्तिसमेत भराउने र कालोसूचीमा राख्नेसमेत निर्णय भएको कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले बताए ।
दुवै कम्पनीलाई कालोसूचीमा राख्न आवश्यक प्रक्रिया अगाडि बढाइएको उनले उनले बताए । ‘अहिले युरिया आपूर्तिको ठेक्का लिएकाहरूमाथि गरिएको कारबाहीलाई मैले सुशासनका लागि थालिएको अझ महत्वपूर्ण कदमका रूपमा लिएको छु । ठेक्का हत्याएर समयमै काम नगर्नेलाई कारबाही हुन्छ भन्ने उदाहरण यसले देखाएको छ,’ आइतबार विज्ञप्ति जारी गर्दै मन्त्री भुसालले भनेका छन् । यसबाट जसरी पनि ठेक्का पार्ने, तर काम नगर्ने प्रवृत्ति निरुत्साहित हुने दाबी पनि मन्त्री भुसालले गरेका छन् ।
मल आयातको ठेक्का पाएका दुवै कम्पनी निर्माण क्षेत्रमा बदनाम ठेकेदारका हुन् । शैलुङका सञ्चालक अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरधनी हुन् । कोइराला कांग्रेसनिकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुन् । बी कोई बिल्डर्सका सञ्चालक हुन् ।
यसैबीच, मन्त्री भुसालले नेपालमै रासायनिक मल कारखाना खोल्ने विषयको अध्ययन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीको नेतृत्वमा समिति गठन गरेको पनि जनाएका छन् । सो समितिले कारखाना स्थापना गर्ने सम्भाव्यताबारे अध्ययन गरेर प्रतिवेदन दिने मन्त्री भुसालले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस