सोल – उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ उन समुद्री आँधी बाभी तथा मायास्क प्रभावित क्षेत्रको भ्रमणमा गएका छन् । आँधीका कारण अति प्रभावित बनेको देशको हाम्क्योङ प्रान्तमा उनले प्रत्यक्ष भ्रमण गरेका हुन् । भ्रमण लगत्तै बाढी प्रभावित क्षेत्रमा क्षति भएका संरचनाहरुको पुननिर्माण कसरि गर्ने भन्ने बिषयमा सत्तारुढ दलको पोलिटब्युरो बैठक समेत राखेका छन् ।
भ्रमणका क्रममा किमले समुद्री आँधी मायास्क प्रभावित क्षेत्रका संरचनाहरुको अवलोकन गरेका थिए । उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएले बताए अनुसार शक्तिशाली समुद्री आँधीले उक्त क्षेत्रमा १००० बढी घर भत्काएको छ ।
अवलोकन पश्चात बसेको पार्टी बैठकलाई सम्बोधन गर्दै किमले बाढी प्रभावित क्षेत्रका संरचनाहरु पुननिर्माण गर्नका लागि विषेश कार्यदल गठन गर्दै आवश्यक सामानहरुको ढुवानी ब्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् । काम गर्ने टोलीलाई तत्काल उक्त क्षेत्रमा खटाउन समेत उनले निर्देशन दिएका छन् ।
बैठकका क्रममा किमले पार्टीका केन्द्रिय सदस्यहरुलाई पिडित परिवारहरुलाई राहत सहयोग व्यवस्थापन गर्न समेत निर्देशन दिएका छन् । उनले आँधी प्रभावित क्षेत्रका सम्बद्ध अधिकारीहरुलाई जनताको जीउधनको सुरक्षा गर्न नसकेको तथा समयमै उनीहरुलाई सुरक्षित स्थानमा लैजान नसकेको भन्दै कारवाही गर्न निर्देशन समेत दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस