सोल – दक्षिण कोरियामा देशव्यापी आन्दोलन गरिरहेका डक्टरहरु आन्दोलन स्थगित गरि काममा फर्कन तयार भएका छन् ।
सरकारले मेडिकल विद्यालयहरुमा भर्ना सम्बन्धी प्रकृयामा परिमार्जन गरि नयाँ पद्धतिबाट भर्ना गर्ने बताएपछि उनीहरु काममा फर्कन तयार भएका हुन् । डक्टरहरुको संगठनले आफ्ना अन्य मागहरु भने पुरा नभएको बताएको छ ।
कोरियाली मेडिकल संघका तर्फबाट अध्यक्ष चोई दाई जीप तथा कोरियाली प्रजातान्त्रिक पार्टीका तर्फबाट हान जियोङ आइद्वारा बार्ता गरि सहमति पत्रमा संयुक्त हस्ताक्षर गरिए पश्चात डक्टरहरु काममा फर्कन तयार भएका हुन् । कोरोना संक्रमण कम भए पश्चात अन्य मुद्दाहरुमा छलफल गर्ने सहमति समेत उक्त हस्ताक्षर समारोहमा गरिएको छ ।
पछिल्लो सरकारी स्वास्थ्य नितिको विरोध गर्दै डक्टरहरु आन्दोलनमा उत्रिएका थिए । यो सहमतिसँगै तत्कालका लागि डक्टरहरु काममा फर्कन तयार भएका हुन् । यता कतिपयले भने उक्त सहमति प्रति असन्तुष्टि जनाएका छन् ।
इन्टर्न गरिरहेका डक्टरहरुको संघका अध्यक्ष पार्क जी ह्युनले आफूलाई थाहा नै नदिई उक्त सहमति भएको तथा उक्त सहमतिबारे सामाजिक सञ्जाल मार्फत जानकारी पाएको समेत बताएका छन् ।
हाललाई डक्टरहरुलाई काममा फर्काउन सहमति गरिएको बताउदै कोरोना संक्रमण कम भएपछि आयोग बनाई आयोग मार्फत डक्टरहरुका मागमा सहमति गरिने समेत सरकारी अधिकारीले बताएका छन् । सरकारले हाललाई कोरोना संक्रमण विरुद्ध एक भएर लड्न सके अन्य बिषयहरु संक्रमण मथ्थर भएपश्चात गर्न सकिने स्पष्ट पार्दै डक्टरहरुका मागमा सरकार गम्भिर रहेको समेत बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस