सोल – दक्षिण कोरियाली सरकारले कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित साना ब्यवसायी तथा उद्यमीहरुलाई दोश्रो चरणको राहत उपलब्ध गराउने भएको छ ।
सरकारले आकस्मिक उद्दार कोषमार्फत उक्त रकम उपलब्ध गराउन लागेको हो ।
उपप्रधान तथा अर्थमन्त्री होङ नाम कीको अध्यक्षतामा बसेको बैठकका क्रममा हाललाई दुईवटा बर्ग राहत प्याकेज वितरणका लागि छानिएको बताइएको छ । छानिएकाहरुलाई कोष मार्फत राहत रकम उपलव्ध गराइने छ ।
उक्त बैठकमा दुई थरी बिचारमा ब्यापक छलफल गरिएको थियो । गत मे महिनामा जस्तै सबै जनतालाई राहत रकम उपलब्ध गराउने या आवश्यक परिवार पहिचान गरि सोही अनुरुप राहत उपलब्ध गराउने बारे भएको छलफलमा अधिकांश सहभागीले सहयोग आवश्यक परिवारमा मात्र सहयोग उपलब्ध षराउन पर्ने बताएका छन् ।
पहिलो चरणको राहत वितरण सम्पुर्ण जनतालाई गरिएको थियो, जसमा ठूलो रकम खर्चिएको थियो । यस पटकका लागि सरकारले ७.५६ बिलियन अमेरिकी डलर बराबरको राहत साना ब्यवसायी तथा उद्यमीलाई प्रदान गर्ने छ । सरकारले उक्त रकम छुसक पर्व अगाडीनै वितरण गरिसक्ने लक्ष लिएको छ ।
उक्त सहयोग रकम नगद, उपहार कुपन अथवा अन्य कुनै रुपमा प्रभावित व्यक्तिहरुलाई उपलब्ध गराइने सरकारी अधिकारीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस