सोल -दक्षिण कोरियामा आएको शक्तिशाली समुद्री आँधी मायास्क तथा आँधीसँगै आएको भारी बर्षाका कारण जनजीवनमा ठूलो असर गरेको छ ।
कोरियाली प्रायद्वीपमा बिहिबार आएको उक्त आँधीका कारणहाल सम्म कम्तिमा २ जनाले ज्यान गुमाएका छन् भने हज्जारौ नागरिकहरु प्रभावित भएका छन् ।
मायास्क यस बर्ष दक्षिण कोरियामा आएको नवौँ समुद्री आँधी हो । यस आँधीका कारण देशभरमा १ लाख बढी घरधुरी विद्युत आपुर्ति सेवाबाट बञ्चित भएका छन् ।
हवाई उडान अवतरणहरु अवरुद्ध भएका छन् भने रुखहरु भाँचिदा कतिपय क्षेत्रमा विद्युतीय संरचना तथा सडक यातायात समेत अवरुद्ध भएका छन् ।
हाल सम्म बुसान क्षेत्रमा २ जनाको मृत्यु भएको आधिकारिक जानकारी आएको दक्षिण कोरियाली सञ्चार माध्यम द कोरिया टाइम्सले जनाएको छ ।
न्युजिल्याण्डबाट ६००० भेडा लिएर चीन जाँदै गरेको ४३ जना कर्मचारी रहेको पानीजहाज समेत आँधीको चपेटामा परेको उक्त जहाजबाट बचेका एक कर्मचारीले बताए ।
मायास्क सँगै आएको आँधीका कारण छेजु आइल्याण्ड क्षेत्रमा १००० मिमि बर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।
यता सोही आँधीका कारण उत्तर कोरियामा समेत व्यापक क्षति भएको छ ।
बिरलै मात्र प्रत्यक्ष प्रसारण गर्ने त्यहाँको सरकारी टेलिभिजनमा ब्यापक डुवान तथा कृषि क्षेत्रमा समेत ठूलो क्षति पुगेको देखाइएको छ । पूलहरु भत्किएका छन् भने सडकहरु समेत जलमय भएका छन् ।
उत्तर कोरियाबाट हालसम्म क्षतिको विवरण भने सार्वजनिक गरिएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस