काठमाडौं-सस्तोमा टेन्डर कबोल गरी मल ल्याउने ठेक्का पाएका दुई कम्पनीले नेपाली किसानलाई दुःख दिएका छन् ।
५० हजार टन मल ल्याउने सम्झौता गरेका ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपलले खेतीको सिजनमा एक बोरा पनि मल ल्याएका छैनन् । दिनभर घाममा लाइन लाग्दा पनि किसानले मल पाएका छैनन् भने ठेकेदारको मल कहिले आउने हो ठेगान छैन ।
सरकारले ५० हजार टन युरिया ल्याउन कृषि सामग्री कम्पनीमार्फत गत पुस र माघमा टेन्डर आह्वान गरेको थियो । ‘२५ हजार टन युरियाका लागि २८ पुसमा र थप २५ हजार टनका लागि ४ माघमा टेन्डर भएको थियो,’ कृषि सामग्रीका प्रवक्ता विष्णु पोख्रेल भन्छन् ।
मलको टेन्डरमा सधैँ अन्तर्राष्ट्रिय कम्पनीहरू सहभागी हुने र तिनका नेपालस्थित एजेन्ट सक्रिय हुने गरेका थिए । तर, यसपटक दुई नेपाली कम्पनीले तुलनात्मक रूपमा न्यून मूल्यमा टेन्डर हात पारेका थिए ।
शैलुङ इन्टरप्राइजेजले पहिलोपटक रासायनिक मल आपूर्तिका लागि टेन्डर भरेको थियो र पहिलोपटक नै सफलता हात पारेको थियो । ‘अत्यन्तै सस्तोमा बोलकबोल गरेपछि उनीहरूलाई ठेक्का दिनुपर्ने बाध्यता थियो, तर ठेक्का पाएपछि काममा ढिलासुस्ती भयो,’ कृषि मन्त्रालयका एक अधिकारी भन्छन् ।
निर्माण क्षेत्रमा धेरै आयोजना अलपत्र पारेको शैलुङले प्रतिटन ३२०.२५ डलरमा रासायनिक मल आयात गर्ने गरी टेन्डर हात पारेको थियो ।
त्यस्तै निर्माण क्षेत्रकै अर्को विवादास्पद बिकोई कन्स्ट्रक्सनका सञ्चालक हुमनाथ कोइरालाले होनिको कम्पनीका तर्फबाट ३०९.९० डलर प्रतिटनमा मल ल्याउने गरी ठेक्का पाएका थिए ।
उनीहरूसँग प्रतिस्पर्धा गरेको युनिभर्सल कम्पनीले प्रतिटन ३४५ दशमलव ९०, भ्यालेन्सीले ३५७ दशमलव ८६, मल्टी ट्रेडले ३७१, विल्सनले ३७२ दशमलव ७६ डलरमा मल आपूर्ति गर्ने प्रस्ताव गरेका थिए । यसरी सस्तोमा दाबी गरेकोले १६ फागुनमा शैलुङ र २० फागुनमा होनिको २५–२५ हजार टन युरिया आयातका लागि छनोट भएका थिए ।
तर, ठेकेदार र कृषि सामग्री कम्पनीका कर्मचारीले सम्झौतामा भने निकै ढिलाइ गरेका थिए । ‘जुन वेला शैलुङ र होनिकोले न्यूनतम रकम कबोल गरेका थिए, सो मूल्यमा युरिया ल्याउन सम्भव थिएन, तर बजारमूल्य घटिरहेका कारण केही ढिला गरी ल्याउँदा फाइदा हुने देखिएको थियो,’ स्रोत भन्छ, ‘त्यसैले केही ढिला गरी सम्झौता गरेर ढिलो नै मल ल्याउने वातावरण बनाउन कृषि सामग्री कम्पनीका कर्मचारीले पनि सघाएका थिए ।’
पुसमा टेन्डर खोलेर फागुनमा छनोट भएको कम्पनी शैलुङसँग १२ वैशाखमा मात्र सम्झौता भएको थियो । त्यस्तै होनिकोसँग १५ वैशाखमा मात्र सम्झौता भएको थियो । जब कि धानखेतीका लागि जेठ दोस्रो साताबाट मल आपूर्ति सुरु भइसक्नुपर्छ । सुदूरपश्चिम क्षेत्रमा जेठ दोस्रो सातादेखि रोपाइँ सुरु हुन्छ ।
रोपाइँ सुरु गर्नुअघि माटोलाई हिलो बनाएर किसानले डिएपी र युरिया मिसाई छर्ने गर्छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस