सोल – दक्षिण कोरियाली राजधानी सोल तथा आसपासका क्षेत्रमा तीब्र रुपमा फैलिरहेको कोरोना संक्रमण प्रभावलाई कम गर्ने उद्देश्यका साथ सामाजिक दुरीमा कडाई गर्न थालिएको छ ।
सोही क्रममा राजधानी सोलका रेष्टुरेन्ट, कफि सप, बेकरी लगायतका मानिस भीडभाड हुने क्षेत्रहरुको सञ्चालनमा रोक लगाइएको छ ।
सरकारको योजना अनुरुप अब सोल क्षेत्रका रेष्टुरेन्टहरुले ‘टेक अवे’ सुविधा उपलब्ध गराउनु पर्ने छ भने रेष्टुरेन्टहरु बेलुकीको ९ बजे सम्म मात्र खोल्न पाइने छ । होम डेलिभरीको समय बेलुका ९ बजेबाट बिहान ५ बजे सम्म तोकिएको छ । कफिसपका हकमा सञ्चालन अवधिभर मात्र टेक अवे र डेलिभरी गर्न पाइने नियम बनाइएको छ ।
टेक अवे सेवा लिन चाहाने ग्राहकहरुले रेष्टुरेन्ट प्रवेश गर्दा व्यक्तिगत विवरण फारम भर्नु पर्ने छ भने मास्कको प्रयोग तथा सामाजिक दुरी अनिवार्य गरिएको छ । करिव ५ करोड जनसंख्या भएको दक्षिण कोरियाको आधा जनसंख्या राजधानी सोल आसपासका क्षेत्रमा बसोबास गर्ने भएकाले स्वास्थ्य सावधानी अपनाइएको सोल महानगरले जनाएको छ ।
सरकारले पछिल्ला दिनहरुमा संक्रमण रोकथामका लागि इनडोर गतिविधिहरुमा समेत बन्देज लगाउन थालेको छ । जिमहल, फिटनेस सेन्टर, विलियार्ड हल लगायतका इनडोर गतिविधि सञ्चालन हुने स्थलहरु समेत बन्द गर्न थालिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो पटक संक्रमण ह्वात्तै बढेपछि सरकारले एक तिहाई कर्मचारीलाई मात्र कार्यालय बोलाउने र अन्यलाई वर्क फ्रम होम ब्यवस्था लागु गर्ने तयारी थालेको छ । हाल लागु गरिएका नियम एक हप्ता मुल्याङ्कन गरि आवश्यकता अनुसार थप नियम ल्याइने सरकारले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस