काठमाण्डौँ – विवादित साउथ चाइना सीमा चीनले ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेकोमा अमेरिकाले आपत्ति जनाएको छ । अमेरिकाको रक्षा मन्त्रालयले चीनको उक्त कदमलाई उक्त क्षेत्रमा शान्ति र सुरक्षालाई चुनौति भएको टिप्पणी गरेको छ ।
पारासेल टापूमा सैन्य अभ्यासका दौरान चीनले कम्तिमा चारवटा क्षेप्यास्त्रको परीक्षण गरेको थियो । पेन्टागनले चीनको उक्त कदम सन् २००२ मा गरिएको सो क्षेत्रमा उत्तेजनात्मक कार्य नगर्ने प्रतिबद्धता विरुद्ध रहेको स्मरण गराएको छ ।
पछिल्लो दशकमा चीनले साउथ चाइना सीका धेरै टापुहरुमा सैन्य उपस्थिति बढाएको छ । सो क्षेत्रमा चीनले आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । त्यस्तै, भियतनाम, फिलिपिन्स, मलेसिया, ताइवान र इन्डोनेसियाले पनि सो विवादीत क्षेत्रमा आफ्नो स्वामित्वको दाबी गर्ने गरेको छ ।
यसअघि, साउथ चाइना मोर्निङ पोस्टले बिहीबार चीनले क्वीनघाई प्रान्तबाट डीएफ–२६बी क्षेप्यास्त र झेजियाङ प्रान्तबाट डीएफ–२१डी क्षेप्यास्त्र परीक्षण गरेको थियो । चीनले निर्धारण गरेको उडान निषेधित क्षेत्रमा, जहाँ सैन्य अभ्यास’ चलिरहेको थियो, अमेरिकी जासुसी विमान देखिएपछि चीनले क्षेप्यास्त्र परीक्षण गरेको समाचारमा बताइएको थियो ।
अघिल्लो महिना ग्लोबल टाइम्सले डीएफ–२६बी ले समुद्रमा चलायमान लक्ष्यमाथि प्रहार गर्न सक्ने क्षमता रहेको बताएको थियो । यसलाई ‘युद्धपोत घातक’ को संज्ञा दिइएको थियो । चीनले पारासेल्स टापूमा अगस्त २३ देखि २९ सम्म सैन्य अभ्यास गरिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस