मोरङ- कोरोना संक्रमण फैलिएसँगै गरिएका निषेधाज्ञाका कारण दैनिक ज्यालादारीमा मजदुरी गर्ने मजदुरहरुको घरमा चुल्हो बल्नै धौधौ परिरहेको हालको अवस्थामा मोरङ जिल्लाको कानेपोखरी स्थित विभिन्न युवा समुहहरुले सामुहिक रुपमा फूड बैंक स्थापना गरेका छन् । “हुनेले दिएर जानुहोला, नहुनेले लिएर जानुहोला” भन्दै उनीहरुले गाउँपालिकाको बरगाछी चोकमा उक्त फूड बैंक स्थापना गरेका हुन् ।
रमाईलो जेसिस, लाइन्स क्लव अफ कानेपोखरी, ब्यापार प्रबन्ध समिति रमाइलो तथा रेडक्रस सोसाइटी बयरबन उपशाखा को संयुक्त व्यवस्थापनमा सञ्चालित उक्त फूड बैंक सञ्चालनको नेतृत्व रमाईलो जेसिसले गरेको छ । जेसिसका अध्यक्ष सुमन अधिकारीले यो समय सबै मिलेर बच्ने र बचाउने समय भएको र यस्तो पुनित कार्यमा सहजीकरण गर्न पाउँदा आत्मसन्तुष्टी मिलेको बताएका छन् ।
स्थानीय जनताहरुको सकारात्मक प्रतिकृया पश्चात सञ्चालित उक्त फूड बैंकमा प्रसस्त खाद्यान्न जम्मा हुन थालेको पनि अधिकारीले बताए । हाल एक ठाउँमा मात्र सञ्चालित उक्त फूड बैंक चाँडै नै गाउँपालिकाका अन्य क्षेत्रमा समेत सञ्चालन गरिने अधिकारीले बताएका छन् ।
खान नपाएर कसैले पनि ज्यान गुमाउने परिस्थिति नआओस् भन्दै संस्थाहरुले सामुहिक रुपमा उक्त फूड बैंक स्थापना गरेका हुन् । प्रवासी नेपालीहरुले समेत उक्त अभियानलाई सघाउने प्रतिवद्धता आए पछि आफूहरुमा थप हौसला बढेको बताउँदै संयोजक अधिकारीले आफ्नो केही गाँस काट्दा अरुको ज्यान बच्ने भएकाले सक्ने जतिलाई उक्त बैंकमा गएर आफूले सक्ने खाद्यान्न जम्मा गरिदिन अनुरोध समेत गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस