सोल – दक्षिण कोरियामा देशभर आन्दोलन गरिरहेका डक्टरहरुलाई सरकारले निरन्तर काममा फर्किन भनिरहेको छ ।
स्वास्थ्यकर्मीहरु भने सरकारको स्वास्थ्य नितिप्रति असन्तुष्टी जनाउदै देशभर काम ठप्प पारेर आन्दोलन गरिरहेका छन् । सरकारी निर्देशनको अवज्ञा गरेको भन्दै सरकार भने उनीहरु विरुद्ध आक्रामक हुने बताएको छ ।
सरकारले काममा नफर्किने डक्टरहरुलाई ‘ब्याक टु वर्क’को निर्देशन दिईसकेको तथा सरकारी निर्देशन अबज्ञा गर्नेलाई पक्राउ गरिने समेत सरकारले स्पष्ट पारेको छ ।
स्वास्थ्य तथा जनकल्याण मन्त्रालयले एक सुचना जारी गर्दै आन्दोलनरत डक्टरहरुलाई ३ बर्ष जेल देखि ३० मिलियन वन जरिवाना सम्म कारवाही गरिने बताएको छ ।
हाल सरकारी टोलीले अस्पतालहरुको निरन्तर अनुगमन गरिरहेको समेत मन्त्रालयले बताएको छ । अनुगमनका क्रममा २० वटा अस्पतालबाट ३५८ जना डक्टरहरु काममा अनुपस्थित रहेको समेत मन्त्रालयले जनाएको छ ।
हाल सरकारले अस्पतालबाट अनुपस्थित डक्टरहरुको विवरण सङ्कलन गरिरहेको र उनीहरुलाई कानुनी कारवाही गरिने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
हालको विषम परिस्थितिमा गैर जिम्मेवारपुर्ण तरिकाले डक्टर तथा उनीहरुको ट्रेड संगठनले गरिरहेको आन्दोलनको मन्त्रालयले भ्रतासना समेत गरेको छ ।
मन्त्रालयले कोरोना माहामारी फैलिरहेका कारण हालको प्राथमिकता कोरोना विरुद्ध रहनुपर्ने र अन्य विषयमा संक्रमण नियन्त्रणमा आए पश्चात छलफल गर्न सकिने भन्दै सरकारले उनीहरुलाई आन्दोलन फिर्ता लिन भनेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस