दैलेख – जिल्ला प्रशासन कार्यालय, दैलेखले जारी गरेको निषेधज्ञालाई थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार जिल्लाको सुरक्षा टोली लिएर बजार अनुगमनमा निस्किनुभएको छ । दैलेखको सदरमुकामका ढाकाटोलको बस्तीमा एकै दिन १४ जनामा कोरोना सङ्क्रमण देखिएपछि भदौ ४ गते दिउँसो २ बजेदेखि जारी गरेको निषेधज्ञा तेस्रो पटक थप गरेर १२ गते राति १२ बजेसम्म जारी गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी सुनारले यसअघिको निषेधाज्ञाकाे केही ठूला व्यक्तिहरूबाटै उल्लङ्घन भएको भन्ने जनगुनासो आएपछि आफू स्वयम् सडकमा निस्केर बजारमा रहेको सबै व्यापारीलाई निषेधज्ञा पालना गर्न आग्रह गरेको बताएका छन् । उनले मास्कको प्रयोग नगर्ने गरेकाहरूलाई सम्झाएर पहिलो पटक छाडिएको र अटेर गरे कारबाही गर्ने तयारी आफूले गरेको बताए ।
कर्णाली प्रदेशकै पहिलो कोरोना सङ्क्रमित फेला पर्नेदेखि प्रदेशका १० जिल्लामा सबैभन्दा धेरै सङ्क्रमित रहेको दैलेखमा अहिले एक हजार ३८ जना पुगिसकेका छन् । बिहीबार सङ्क्रमितमध्ये ९८१ जनाले कोरोनालाई जितिसकेको र ५७ जना आइसोलेसनमा रहेका छन् भने कोरोनाबाट प्रदेशमा चार जनाको मृत्यु हुँदा दैलेखमा तीनको ज्यान गइसकेकाे छ । जारी गरेको निषेधज्ञा अवधिभर औषधि पसललगायत स्वास्थ्य सेवा, खानेपानी, इन्धन, कृषिउपज ओसारपसारलगायत अत्यावश्यकीय सेवाहरू बिहान ६ बजेदेखि ८ बजेसम्म र अपरान्ह ४ बजेदेखि ६ बजेसम्म खुला रहने प्रशासनले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस