नेपालगञ्ज – बाँकेमा एकै दिन ७३ जना सङ्क्रमित थपिएको भोलिपल्ट बिहीबार ७० वर्षीया महिलासहित २२ जनाले कोरोनालाई जितेर निको भई घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय, बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बिहीबार सङ्क्रमणमुक्त हुनुभएकी महिला उमेर समूहमा सबैभन्दा बढी उमेर भएकी जिल्लाकै पहिलो सङ्क्रमित महिला भएको बताएका छन् ।
नेपालगञ्ज–२ निवासी ती महिला सङ्क्रमणमा परेपछि खजुरास्थित सुशील कोइराला प्रखर अस्पतालको आइसोलेसन अस्पतालमा राखिएको थियो । ती महिलालाई लक्षणसमेत देखिएकोमा उपचारपछि निको भएर घर फर्किनुभएको कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले बताए ।
बिहीबार थप २२ जना डिस्चार्ज भएसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६८२ पुगेको छ । यसअघि बुधबार मात्रै बाँकेमा ५१ जना नेपाली सेनाका जवानसँगै ७३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित हुने सैनिकहरूमा कोहलपुर कौशिल्यानगरको सैनिक तालिम केन्द्रमा तालिम लिइरहेका सैनिकहरू हुन् ।
हालसम्म जिल्लामा कुल सङ्क्रमित हुनेको सङ्ख्या ९२० पुगेको छ ।
तीमध्ये दुई महिलासहित पाँच जनाको मृत्यु भइसकेको छ भने अहिले पनि २३३ जना विभिन्न आइसोलेसनमा उपचारका लागि भर्ना भएका छन् ।
पछिल्लो समयमा आएर विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकहरूसमेत सङ्क्रमित हुन थालेकोमा स्वास्थ्य कार्यालयले चिन्ता जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस