चितवन – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई ल्याउनुपर्ने माग गर्दै चितवनमा हुन लागेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।
घिसिङ प्राधिकरणमा आएपछि लोडसेडिङ हटेको र प्राधिकरणमा पनि धेरै सुधार आएको भन्दै पुनः उनलाई नियुक्ति गर्नुपर्ने माग राख्दै स्वतन्त्र नागरिक समाज चितवनले भरतपुरको चौबीसकोठीमा प्रदर्शन गर्न खोजेको थियो।
घिसिङको पक्षमा सरकारलाई खबरदारी गर्दै उनको समर्थनमा बिहान नेपालको झण्डा र समर्थनमा लेखिएका ब्यानर बोकेर भरतपुरको चौबीसकोठीमा समर्थकको भेला गरेको थियो।
मास्क लगाएर सामाजिक दूरी कायम राख्दै लामबद्द हुनै लाग्दा प्रहरी आएर निषेधाज्ञाको बेला कुनै पनि किसिमको कार्यक्रम नगर्न भन्दै ब्यानर खोसेर भिडलाई हटाएको हो।
मुलुकमा लोडसेडिङ हटाएर देशलाई उज्यालो बनाउने कुलमानको समर्थनमा कार्यक्रम गर्दा प्रहरी हस्तक्षेप हुँदा दुःख लागेको भेलामा सहभागी दीपेन्द्र बास्तोलाले बताए।
‘निषेधाज्ञाका कारण हामीले कार्यक्रम गर्न नपाए पनि प्राधिकरणमा कुलमानको निरन्तरताको माग गर्दछौँ’, उनले भने।
कुलमान घिसिङको कार्यकाल सकिनै लाग्दा उनको ठाउँमा अन्य व्यक्ति आउनसक्ने र प्राधिकरणको अवस्था पहिलेजस्तै हुनसक्ने भन्दै घिसिङलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग केही दिनयता बढ्दै गएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस