सोल – दक्षिण कोरियाको दक्षिणी क्षेत्रले बुधबार शक्तिशाली समुद्री आँधी ‘ताईफून बाभी’ को सामना गर्नु परेको छ ।
राजधानी सोलबाट करिव २०० किलोमिटर दक्षिणमा आइपुगेको उक्त आँधी २२ किलोमिटर प्रति घण्टाको गतिमा आएको छ भने सो सामुद्री आँधीले १६२ किलोमिटर प्रतिघण्टाको हावा हुरी समेत ल्याएको थियो ।
दक्षिण कोरियाको जल तथा मौसम विज्ञान विभागका अनुसार यो समुद्री आँधी दक्षिण कोरियाले सामना गरेको यस बर्षकै ठूलो सामुद्री आँधी हो । ताईवानको सामुद्री क्षेत्रबाट सुरु भएको उक्त आँधी दक्षिण कोरियाले सामना गरेको यस बर्षको आठौँ सामुद्री आँधी हो ।
करिव २०० किलोमिटर प्रति घण्टाको गतिमा आएको उक्त आँधीलाई विभागले ‘अति शक्तिशाली’ आँधीको रुपमा वर्गीकरण गरेको छ । विभागले उक्त आँधीले मानिसलाई समेत उडाएर लैजान सक्ने चेतावनी समेत दिएको छ । त्यस्तै उक्त आँधीले नयाँ रेकर्ड समेत राख्न सक्ने बताएको छ ।
आँधीकै कारण छेजु अन्तराष्ट्रिय विमानस्थलबाट हुने ३३० बढी उडान र अवतरण विहिबार दिउसो ३ बजेसम्म बन्द गरिएका छन् । अवस्था हेरेर उक्त समय थप हुन सकिने बिमानस्थल प्रशाशनले जनाएको छ ।
ग्योङसाङमा रहेको गिम्हे अन्तराष्ट्रिय विमानस्थलले समेत आफ्ना ५४ वटा उडान र अवतरण बन्द गरेको छ । आँधीकै कारण कतिपय राजमार्गहरु समेत बन्द गरिएको सरकारी अधिकारीले बताएका छन् ।
आँधी प्रभावित क्षेत्रका रेल सेवा बन्द गरिएका छन् भने जल यातायात तथा ढुवानी सेवा समेत बन्द गरिएका छन् ।
सन् २०१३ पछिकै शक्तिशालि भनेर अनुमान गरिएको उक्त आँधीबाट मानवीय क्षति कम गर्न सरकारले सम्पुर्ण नागरिकलाई घर भित्रै बस्न आह्वान गरेको छ । हाल भौतिक क्षतिका प्रसस्त समाचार आइरहेका बताउदै सरकारले मानवीय क्षति रोक्न नागरिकलाई आग्रह समेत गरेको छ ।
ताइफून बाभी र यसका चुनौति र समाधान विषयमा प्रधानमन्त्री चुङ सेई क्युनले विपद व्यवस्थापन समितिको आकस्मिक बैठक समेत राखेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस